रोङमा पशु चौपाय वितरण

0
2071

गणेश अर्याल / इलाम,

इलामको रोङ गाउपालिका २ मा बाख्रा र सुगुर बितरण गरिएको छ । परम्परा देखि नै पशुपालन गर्दै आएका किसान तथा कृषक फम एवं कृषक समुहलाइ पशु बितरण गरिएको हो ।

गाउपालिकाको स्वीकृत बार्षिक कार्यक्रम अनुसार सो पशु चौपाय बितरण गरिएको हो । केही कृषकफर्मलाइ उन्नत जातको सुगुरको पाठा पाठी बितरण गरिएको छ । चालु आर्थिक बर्षको बिनियोजित बजेट बाट १५ वटा सुगुरको पाठा किनेर किसान फर्मलाइ बितरण गरिएको हो ।

खरिद समितिका सम्योजक एव वडा सदस्य चन्द्रसेखर घिमिरेको सम्योजकत्व र वडाअध्यक्ष टेकबहादुर तामाङको बिशेष उपस्थितिमा पाठापाठी बितरण भएको हो । रोङ २ का आर आर बंगुर फर्म, भिम गहते बंगुर फर्म र असुरे बंगुर फर्मलाइ सो पाठापाठी बितरण गरिएको खरिद समितिका सम्योजक एव वडा सदस्य चन्द्र शेखर घिमिरेले बताउनुभयो ।

त्यसैगरी लक्ष्मी बाख्रा फर्म चौहान बाख्रापान तथा उत्पादन बिक्री फर्म र बदमटार लामकटेरी ब्यवसायिक बाख्रा पालन समुहलाइ उन्नत जातको माउ बाख्रा बितरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here