अस्थायी शिक्षकले आफ्ना माग पुरा नभए आन्दोलन चर्काउने

0
532

 

विर्तामोड,साउन २० । अस्थायी शिक्षकलाई विस्थापित नगरी समान रुपमा स्थायी गरिनु पर्ने एक सूत्रीय माग अघि सार्दै आएको अस्थायी शिक्षक संर्घष समिति झापाले आन्दोलनका कार्यक्रम चरणवद्ध रुपमा गर्ने भएको छ ।
अस्थायी शिक्षक संघर्ष समितिको इटहरीमा भएको पूर्वाञ्चल स्तरीय भेलापछि आफ्ना माग सरकारले विना सर्त पूरा नगरे जस्तोसुकै आन्दोलनका कार्यक्रम गर्नपछि नपर्ने अस्थायी शिक्षक संघर्ष समितिका सहसचिव कुमार दाहालले वताए । इटहरीमा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष भीम वस्नेत सहितको टोलीले अस्थायी शिक्षकका मागलाई समानरुपमा पुरा गर्ने प्रतिवध्ता जनाएपनि व्यवहारमा लागु नगरे जस्तो सुकै आन्दोलन गर्न अस्थायी शिक्षक पछि नपर्ने सह सचिव दाहालको भनाई छ । इटहरी स्थित जनता वहुमुखी क्याम्पसमा भएको कार्यक्रममा स्वागात अस्थायी शिक्षक संर्घष समितिका सुनसरी उपाध्यक्ष मणिराज ढकालले गर्नु भएको थियो । पूर्वाञ्चल भरीका अस्थायी शिक्षक सशभागी भएको कार्याक्रममा नेपाल शिक्षक संघका केन्द्रीय उप महासचिव महमद रहिन रैन, शिक्षक युनियन सुनसरी अध्यक्ष सत्यनारायण मेहेता, अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष दीननाथ तिम्सिना, नेपाल शिक्षक संघ सुनसरी अध्यक्ष केशव दाहाल, लगायतले वोलेका थिए । राजन ढकालको सभापतित्वमा भएको कार्यक्रमको संचालन उमेश खड्काले गर्नु भएको थियो ।