जेसीजद्वारा दोमुखामा वृक्षरोपण

0
409

सुरुङ्गा, साउन २१ । सुरुङ्गा जेसीजद्वारा पूर्वकै पर्यटकीय स्थल दोमुखामा वृक्षरोपण गरिएको छ ।
ग्रीन सिटी क्लीन सिटीको नारा अनुरुप धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा वृक्षरोपण गरिएको हो । दोमुखाको मन्दिर र वनभोजस्थल वरपर रूद्राक्ष र अशोकका ५० बिरुवाहरु रोपियो । दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्था सतासीधाम–८ का अध्यक्ष धनप्रसाद लावतीको सभापतित्व र सुरुङ्गा जेसीजका अध्यक्ष जनक कार्कीको प्रमुख आतिथ्यमा भएको वृक्षरोपण अघिको औपचारिक कार्यक्रममा सो धार्मिक तथा पर्यटकीय संस्थाका संस्थापक अध्यक्ष सोमध्वज कार्की, सुरुङ्गा जेसीजका महासचिव भीम भट्टराई लगायतले बोल्नुभएको थियो । सुकेडाँगी सामुदायिक वन उपभोक्त समूहका अध्यक्ष भक्तबहादुर पौडेल, सुरुङ्गा जेसीजका कार्यकारिणी उपाध्यक्ष जबिन तिम्सिना, उपाध्यक्ष देबेन्द्र रिसाल, तालिम संयोजक शिवकुमार कडेंल लगायतको उपस्थिति रहेको कार्यक्रममा दोमुखा धार्मिक तथा पर्यटकीय संस्थाका सल्लाहकार संयोजक किरण दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव जयनारायण योगीले गर्नुभएको थियो ।