भोजपुर।
भोजपुरको आमचोक गाउँपालिका–९ माझखानीका २१ बर्षीय अशोक श्रेष्ठको दुधकोशी नदीले बगाएर मृत्यु भएको छ ।
बुधवार बिहान ११ बजे दुधकोशी नदीमा पौडी खेल्न गएका श्रेष्ठ साँझ साढे ५ बजे गोजेपाथर बगरमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।