झापामा कोरोना भाइरस नियन्त्रणका लागि अस्पताल निर्माण गरिदै

८ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

झापा, कोरोना भाइरस नियन्त्रण र उपचारका लागि झापामा पीसीआर परीक्षण प्रयोगशाला र कोरोना अस्पताल तत्काल सञ्चालनका लागि पहल गरिने भएको छ ।

जिल्लास्तरीय कोरोना भाइरस संक्रमण, रोकथाम, उपचार, समन्वय तथा अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेलसहित झापाका मुख्य राजनीतिक दलका प्रमुखहरुबीच आज बिर्तामोडमा भएको छलफलमा त्यस्तो निष्कर्ष निकालिएको हो ।

अस्पताल तथा पीसीआर परीक्षण प्रयोगाशाला स्थापनाका लागि स्थान पहिचान लगायतका काम तत्काल अघि बढाउनेसमेत निष्कर्ष निकालिएको छ । कोरोना भाइरसको पीसीआर पद्दतिद्वारा परीक्षण र अस्पताल स्थापनाका लागि झापामा सञ्चालित ‘एकका लागि एक’ अभियानको तर्फबाट एक हजार थान भीटीएम किट खरिद गर्ने सहमति भएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here