सोलु।
सोलुखुम्बुको सोताङकी–४६ बर्षीया परीमाया राईले आफ्नै श्रीमानालाई खुकुरी प्रहार गरेकी छिन् ।
बीहिबार दिउँसो घरमा बसिरहेका ४५ बर्षीय प्रतापसिंह राईलाई परीमायाले टाउँकोमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट घाईते भएका प्रतापको स्थानीय प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । मादक पदार्थ सेवन गरी घरमा आएकी परीमायाले एक्कासी श्रीमानालाई खुकुरी प्रहार गरी फरार भएकी थिईन् । उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।