अध्यक्षमा किरण भारती

0
545

भद्रपुर,साउन २१ । भगवान श्रीकृष्ण रथयात्रा समिति भद्रपुरको अध्यक्षमा किरण भारती सर्वसम्मत चयन भएका छन् ।
भद्रपुरमा आयोजित एक भेलाले उनलाई दुई वार्षीय कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्वत चयन गरेको हो ।
समितको उपाध्यक्षमा शोभा श्रेष्ठ, सचिव दीपक अधिकारी, सह–सचिव नान्टु मुखिया र कोषाध्यक्ष अनिता तुलाधर (श्रेष्ठ) चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा क्रमस दिनेश श्रेष्ठ, भरत प्रधान, कमल शर्मा, डम्बरप्रसाद बर्मा, शारदा बस्नेत, मानष घोष, गणेश घोष र राजेश पकुवाल रहेका छन् ।
त्यस्तै दिनेश श्रेष्ठको अध्यक्षतामा आयोजित भेलाले इन्द्रप्रसाद ओली, गणेश पोखरेल, मानबहादुर धमला, नैनकुमारी श्रेष्ठ, रमेशचन्द्र झा, गंगाप्रसाद श्रेष्ठ र बसन्त तुलाधरलाई समितिको सल्लाहकारमा छनौट गरिएको जनाइएको छ ।
गठित कार्यसमितिले आउदो भदौ १२ गते कृष्ण जन्माष्टमी तथा भदौ १३ गते रथ यात्राको आयोजन गर्ने भएको छ । रथयात्रा सफल बनाउनका लागि बिभिन्न उपसमितिहरु समेत गठन गरिएको जनाइएको छ । आर्थिक संकलन उप–समितिको संयोजकमा भरत प्रधान, सदस्यहरुमा किरण साह, महेश अग्रवाल, अजय कानु, रबि मुखिया, संजय आइच र बिजय आइच रहेका छन् । रथ मर्मत सम्भार तथा सजावट उपसमितिको संयोजकमा मानस घोष, सदस्यहरुमा राजु ठाकुर, सुरेन्द्र ठाकुर, राजेश मण्डल र अलिचन राय (हरियाली) रहेका छन् । त्यसैगरी पूजा सामाग्री तथा प्रसाद वितरण उपसमितिको संयोजकमा शारदा बस्नेत, सदस्यहरुमा कञ्चन पकुवाल, शुसिला पकुवाल, शोभा पकुवाल, सरिता पकुवाल, संजिता प्रधान, उर्मिला श्रेष्ठ, सुमन घोष र सन्ध्या हाडा रहेका छन् । त्यसैगरी प्रचार–प्रसार उपसमितिको संयोजकमा राजेश पकुवाल, सदस्यहरुमा पार्थ मण्डल, ईश्वर अधिकारी, पंकज शर्मा र माया पकुवाल रहेका छन् ।