अमेरिकामा बसेका युवकबाट स्वास्थ्य सामग्री


९ जेष्ठ २०७७, शुक्रबार १४:११ मा प्रकाशित

दैलेख,

Advertisement

नौमुले गाउँपालिका–६ स्थायी घर भएका मानेन्द्र चन्दले आफ्नो गाउँका जनताका लागि पाँच थान थर्मल गन, ३०० थान सर्जिकल मास्क, ५०० थान पञ्जा, तीन हजार ट्याब्लेट सिटामोल रु २५ थान एन–९५ मास्क सहयोग गर्नुभएको छ ।

चार वर्षदेखि अमेरिकामा बस्दै आउनुभएका उहाँले नौमुले गाउँपालिका र स्वास्थ्यचौकीलाई पठाएको स्वास्थ्य सामग्री कर्णाली प्रदेशसभा सदस्य अमरबहादुर थापा र नौमुलेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता छवि सुवेदीले गाउँमै पुगेर वितरण गर्नुभयो ।

जिल्लामा औषधि नपाइने भएपछि काठमाडौँमा दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीसँगको सहकार्यमा स्वास्थ्य सामग्री खरीद गरी दैलेख ल्याइएको हो । चन्दले दैलेखका पत्रकारलाई एन–९५ मास्क पनि सहयोगस्वरुप पठाउनुभएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्