सरकारले नदेखेको समुदायको फ्रन्टलाइनर !

९ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित


खुट्टाको घाउमा लगाउने मलहम दिन हिन्दी भाषामा आग्रह गर्दै मेरो फार्मेसीमा आएका व्यक्तिले भारु पैसाको बिटोबाट पैसा निकाल्दै गर्दा कहाँबाट आएको भनेर सोध्दा एउटाले नेपाल र अर्कोले भारतको गुजराँतबाट भन्नुु भयो । अझ केरकार गर्दा मार्बल लोड गरिएको गाडी बाटोमा रोकेर दवाई पनि लिने र त्यही बहानामा बजार घुमेर जाने योजना रहेछ उनीहरुको । सबै सीमाबाट आउनेलाई क्वारेन्टाइनमा अनिवार्य नियम हुँदा यसरी हिँड्न नहुने थाह नभएका या अटेर गरेका तिनीहरुलाई त्यसपछि तुरुन्त गाडीमा बस्न र आफ्नो शर्त अनुसारको ठाउँमा पुग्न सुझाउँदै गाडीमैै बस्न भनियो ।

उनीहरुलाई सीमामा थर्मल गनले तापक्रम नाप्नुु नै कोरोना जाँच भएको र आफू स्वास्थ रहेको भ्रम रहेछ । यिनीहरु त झुुुक्याएर फार्मेसीमाको सम्पर्कमा आउने प्रतीनिधि पात्र मात्र हुुन् । कतिपय फार्मेसीमा सक्रमित नै यसरी पुगेनन् भन्न सकिन्न । देशैभरका सबैै प्रदेस र पाँच सय नजिक संक्रमित पुग्न लाग्दा र २ जनाको मृृृृत्युु समेत भइसक्दा खुल्लारुपमा यसरी सीमाबाट भित्रिनुु सबैका लागि नै हानिकारक छ नै मार्बल, टायल्सलाई अत्यावश्यक आयतित बस्तु मानेर महत्व दिनुु आपतिजनक नै छ । यसरी भित्रिन दिने नीति निर्देशन नै भए पनि बजार नघुम्ने गाडीबाट ननिस्कन निर्देश गरिनुु पर्छ सीमानामा नै ।

सरकारले स्वास्थ्य सेवा, स्वास्थय सामाग्री र औषधिलाई अति आवश्यक सेवा भनेर बर्गिकरण गरेको छ । प्रत्यक्ष अगाडि खट्ने डाक्टर, स्वास्थ्यकर्मीहरुलाई फ्रन्टलाईनर भनेको छ । औषधि सेवालाई पनि अतिआवश्यक सेवा भनेर बिनापास सेवामा हिँड्न र सवारी चलाउन छुुट दिनु सम्मान हो तर स–साना समस्या लिएर पहिलो चोटी पुग्ने ठाउँ भनेर खुद्रा औषधि ब्यावसायीहरुलाई फ्रन्टलाईनर बनेर कोरोनाका बिरुद्ध छन् भन्न सकेन । फर्मासिस्टहरुका फार्मेसीहरुलाई सेवा प्रदायक भनिए पनि स्वास्थयकर्मीसरह फ्रन्टलाईनर सोचिएन । ज्वरो आएका, खोकी , घाँटी दुखेका या फ्लू जस्ता लक्षण देखिएका, असहज महसुस गरेका बिरामीहरु पहिले निजी फार्मेसी पुग्दछन् । हस्पिटलका ओपीडी बन्द हुँदा रोग लुकाउँदै फार्मेसीमा पुग्ने गर्दछन् ।

सरकारी कार्यबिधिमा नमिले पनि कोरोना लक्षणसँग मिल्दोजुल्दो लक्षणहरु भएर ‘सूचना गरिए जसरी’ सरकारीमा परीक्षणका लागि जान सुझाउँदा त्यहाँ जाँदा कोरोना भन्ने र उतै राखिदिने हो कि भन्ने भ्रम रहेको पाइन्छ । आफैं त पटक्कै कोरोना परीक्षणका लागि स्याम्पल दिन जाने मनस्थिति देखिँदैन भने आज सरकारले भनिए जसरी इच्छुकले पैसा तिरेर पीसीआर परीक्षण गर्ने सम्भावना कम देखिन्छ । यसरी आह्वानभन्दा पनि यस्ता टोल–टोलमा रहेका फ्रन्टलाईनर फार्मेसीहरुले सिफारिस गरेकाहरुलाई पीसीआर परीक्षण निःशुल्क गरिनु पर्दछ र तिनीहरुका लागि सहज पहँुच बनिनु पर्दछ । किनकि वास्तविक कन्ट्याक ट्रेस यिनीहरुबाटै सम्भव छ । भाइरस समुदायमा फैलिएको अहिलेको यो अवस्थामा ।
पहिलो र दोस्रो चरणसम्म ट्रेसिङ जनप्रतिनिधिहरुबाट मात्र सम्भव थियो भने अब यो चरणमा जनप्रतिनिधिको सिफारिसमा मात्र गरिने परीक्षण ब्यावहारिक नहुन सक्छ । सबै स्थानीय तहका निनी खुद्रा औषधि ब्यावसायीहरु , निजी स्वास्थ्यकर्मीका क्लिनिकहरु सहितको सिफारिसमा स्वास्थ्य शाखाले परीक्षण चासो दिनुपर्ने देखिन्छ । आफ्नो टोल–छिमेकमा रहेकाले कति दिनदेखि कसले के औषधि खाइरहेको , कसैलाई कस्तो लक्षण देखिएको छ भन्नै यिनै निजी फार्मेसीहरुबाट ट्रेस गरिनु पर्दछ ।

परीक्षणका लागि जानु भनेर सिकाउँदा नगएको मान्छे यदि साँच्चै संक्रमित रहेछ भने पैसा तिरेर आँफै जानुु पर्ने अवस्था आउँदा उसलाई क्षति भइसकेको हुन्छ भने ऊ बाट निकै दर्जन संक्रमित भइसकेका हुन सक्दछन् । त्यसैगरी सरकारले अहिलेसम्म आफ्नो ज्यानको प्रवाह नगरी सरकारको सूचना अनुसारको सामाजिक दूरी पालना गर्दै सुरक्षा उपाय अपनाउँदै सेवा दिइरहेका खुद्रा औषधि सेवाका फ्रन्टलाईनर फार्मेसी होल्डरको निःशुल्क बिमा गरिनु पर्दछ भने इच्छुक रिटेल फर्मासिस्टहरुको निःशुल्क पीसीआर परीक्षण पनि अनि सकिन्छ भने प्रोत्साहानस्वरुप सुरक्षा सामाग्रीहरुसमेत । अहिले समुदायमा कोरोनाबिरुद्धको लडाईँमा फ्रन्टलाईनर औषधि व्यावसायीहरु पनि हुन भनेर सरकारले बिर्सन मिल्दैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here