ट्याक्टर र्दुघटनामा एक जनाको मृत्यु

0
1016

सुनसरी ।

सुनसरीको गढी गाउँपालिका–६ मा भएको ट्याक्टर र्दुघटनामा परी ट्याक्टर चालककको मृत्यु भएको छ ।

सत्तेरझोडा स्थित कच्ची बाटोमा उत्तरबाट दक्षिण तर्फ ईट्टा बोकेर जाँदै गरेको को १ त ९६८९ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा ट्याक्टर चालक दुहवी नगरपालिका–११ का २४ बर्षीय फुलचन ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

र्दुघटनामा परी ट्रयाक्टरका सह–चालक २३ बर्षीय संजय पासवान घाईते भई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा पठाईएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here