झापा।
झापा गाउँपालिकाका एक जना ३३ वर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ।
पिसिआर बिधीबाट गरिएको परिक्षणमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। उक्त पुरुष केही दिन अघी भारतको मुम्बईबाट आएका थिए।
भारतबाट आएका उनलाई झापा गाउँपालिकाको अस्थायी क्वारेन्टिनमा राखिएको थियो। गत बुधबार उनको स्वाब संकलन गरेर पिसिआर बिधीबाट परिक्षण गर्नलाई बिराटनगर पठाइएको थियो।
पिसिआर बिधीबाट परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ आएको झापा गाउँपालिकाका सुचना अधिकारी हिमाल मिश्रले बताए ।