सङ्क्रमित क्षेत्रमा स्वास्थ्य सामग्री पु¥याउँदै राज्यमन्त्री

0
676

भद्रपुर,

प्रदेश नं १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले प्रदेश नं १ कै सबैभन्दा बढी कोरोना सङ्क्रमित झापाको कचनकबल गाउँपालिकामा आज बिहान पुगेर भारतबाट भित्रिएका नेपालीलाई राखिएको क्वारेन्टिनको निरीक्षण गर्नुभएको छ ।

उहाँले सीमाबाट उद्धार गरेर पालिकामा ल्याइएकालाई व्यवस्थित ढङ्गले क्वारेन्टिनमा राखेर कोभिड–१९ को परीक्षणको सहज व्यवस्था मिलाइने बताउनुभयो । हाल कचनकबलका ३३ जना कोभिड–१९ बाट सङ्क्रमित छन् भने भारतका विभिन्न स्थानबाट आएका २१६ जना क्वारेन्टिनमा छन् ।

कोरोना परीक्षणका लागि हाल झापामा आरडिटी किट र पिसिआर किटको अभाव भएको जानकारीमा आएको हुँदा त्यसको पर्याप्त व्यवस्था प्रदेश सरकारले मिलाइरहेको बताउँदै उहाँले समुदायमा सङ्क्रमण फैलिन नदिन उद्धारमा सजगता अपनाउन स्थानीय तहलाई निर्देशन दिनुभयो ।

राज्यमन्त्री गजमेरले २३ जना सङ्क्रमित फेला परेको कचनकबलको लक्ष्मीप्रसाद देवकोटा मावि र १० जना सङ्क्रमित फेला परेको पथरिया माविमा रहेको क्वारेन्टाइनको निरीक्षण गर्नाका साथै विभिन्न प्रकारका स्वास्थ्य सामग्री प्रदान गर्नुभयो ।

उहाँले स्वास्थ्य कार्यालय झापालाई १६० थान आरडिटी किट र १०० थान एन ९५ मास्क प्रदान गर्नुभयो भने क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मीका लागि २० सेट पिपिइ र तीन थान ‘थर्मल गन’ दिनुभयो । उहाँले क्वारेन्टिनमा रहेका सर्वसाधारणका लागि १०० थान स्यानिटाइजर र ५०० थान मास्क प्रदान गर्नभयो ।

उहाँले नेपाल पत्रकार महासङ्घ झापालाई १०० थान एन ९५ मास्क दिनुभयो । क्वारेन्टिनको निरीक्षण अवधिमा सँगै रहनुभएको प्रदेश सांसद वसन्त बानियाँलगायत स्थानीय जनप्रतिनिधिले कचनकबलमा कोरोनाका कारण उत्पन्न सामाजिक समस्याबारेमा मन्त्रीलाई जानकारी दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here