झापाको कुन्जीबारीमा बालिकामाथी जबरजस्ती करणीको आरोपमा एक ब्यक्ति पक्राउ

१० जेष्ठ २०७७, शनिबार मा प्रकाशित

झापा,

झापाको गौरीगन्ज १ माहाभाराकि अन्दाजी १४ बर्षकी एक बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा स्थानीय अन्दाजी ४५ बर्सिय श्रीप्रसाद झालाई प्रहरीले पक्राउ गरेको छ ।

पीडित बालिकाले घरमा जानकारी गराएपछि अभिभावकले दिएको उजुरीका आधारमा झालाई घर बाटै पक्राउ गरिएको प्रहरी चौकी कुन्जीबारीका इन्चार्ज दिपक कडेलले जानकारी दिनु भयो ।

घटनाका विषयमा इलाका प्रहरी कार्यलय झिलझिलेमा आजै किटानी जाहेरी परेको थियो । पीडित बालिकाको स्वास्थ्य परिक्षण गराइएको छ ।

पक्राउ परेका झाले करिब एक बर्ष यता विभिन्न प्रलोभनमा पारेर ति बालिकामाथी शोषण गर्दै आएको बताइएको छ । यस अघि पनि झाले सो ठाउँमा पटक पटक त्यस किसिमका घट्ना गराएर कसैलाई भने ज्यान खतरामा पर्ने भन्दै त्रास देखाउने गरेको स्थानीयहरुले बताएका छ्न ।

सो घटना बारे प्रहरीले अनुसन्धान सुरु गरि सकेको ईलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज कोमल ठाकुरले जानकारी दिनु भयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here