कोरोना भाइरस र नेपालमा खाद्यान्न संकटको खतरा

१० जेष्ठ २०७७, शनिबार मा प्रकाशित


चिनबाट शुरु भएर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९ऋइख्क्ष्म्ज्ञढ० ले आज विश्वभरका विभिन्न देशहरुलाई आक्रान्त बनाएको छ । कोरोना संक्रमणबाट धेरै देशहरुका मानिसहरु संक्रमीत हुने सँगै मृत्यु हुनेको संख्या डरलाग्दो छ, बढदो छ । विश्वका विभिन्न देशहरुलाई हल्लाउने शक्तिशाली र धनी मानिएका रास्ट्रहरु समेत यो महामारिबाट छटपटाइरहेका छन ।

दिन दुइगुणा र रात चौगुणा दरले कोरोना भाइरस संक्रमण बढिरहेको वर्तमानमा पछिल्लो तथ्यांक अनुसार विश्वका विभिन्न मुलुकमा यो भाइरसका कारण मृत्यु हुनेको संख्या तिन लाख पच्चीस हजार भन्दा बढी नाघीसकेको छ भने संक्रमितको संख्या आधा करोड नाघीसकेको छ र यो दुवै संख्या घटने होइन अरु बढनेछ भन्नेमा सन्देह छैन ।

केहिदिन पहिले सम्म कोरोना भाइरसको निक्कै न्युन प्रभाव देखिएको हाम्रो देश नेपालमा समेत पछिल्लो समयमा कोरोना संक्रमण उच्च दरले बढिरहेको छ,जसले सबैलाई चिन्तित बनाएको छ । यसलाई रोकथाम एवं नियन्त्रण गर्न नेपाल सरकारले आफ्ना जनतालाई सु(सुचित गरिरहे पनि कतिपय मानिसहरु यसलाई बेवास्ता गरिरहेका छन,पत्याइरहेका छैनन, जुन आँफैमा खतरापूर्ण छ । यो महामारीबाट सुरक्षित र सतर्क रहन के गर्नुपर्छ भन्ने जानकारी अहिलेसम्ममा आम नेपालीहरुले लगभग बुझिसकेका छन । यो बुझाइलाई व्यवहारमा लागु नगर्ने हो भने नेपालको अर्थतन्त्र सग जोडिएका विभिन्न क्षेत्रहरु धेरै बर्षका निमित्त निक्कै साँघुरो गरि खुम्चिनेछन भन्नेमा आशंका छैन ।

कोरोना भाइरस महामारी नियन्त्रण विश्वका निमित्त चुनौती बनेको छ, यो नियन्त्रण गर्न विश्व आज खोज र अनुशन्धान एवं परिक्षणमा तल्लिन रहेको छ त्यसैले यो नियन्त्रण हुन कति समय लाग्छ अहिले नै यसै भन्न सक्ने अवस्था छैन । तर जबसम्म यसको उपचार पत्ता लाग्दैन तबसम्म यसले मानवजातीलाई नै चुनौती दिइरहनेछ भन्नेमा दुइमत छैन ।

विश्वका धेरै रास्ट्रहरुको ध्यान केन्दृत भैरहेको कोरोना भाइरसको संकट नसकिदै विभिन्न देशहरुमा अर्को संकटको खतरा पूर्वानुमान गरिन थालिएको छ त्यो अर्को संकट हो, खाधान्न संकट । यो संकट केवल एक दुई देशमा मात्र होइन विश्वका धेरै देशहरुमा निम्तिने खतरा छ,किनभने विभिन्न कारणले देशहरु पुर्णतया सबै कुरामा आत्मानिर्भर छैनन र हुदैनन १ हाम्रो देश नेपाल एकतिर चिन सँग सिमाना जोडिएको छ भने बाकि तिनतिर भारत सँग सिमाना जोडिएको छ । पछिल्लो समय नेपाल र भारत बिचको सिमा विवादले दुई देशबीचको सम्बन्ध अलि चिसिएको छ भने सिमा विवादकाकारण भित्रीरुपमा चिन समेत त्यति खुशी वा सन्तुस्ट नहुन सक्छ । यी दुवै देश कोरोना भाइरसको माहामारी सँग युद्द गरिरहेका छन ।

नेपाल वार्षिक रुपमा भारतबाट मात्र चालिस अरब भन्दा बढी रकमको खाधान्न आपूर्ति गर्ने गर्दछ । वर्तमानलाई हेर्दा नेपाल भन्दा भारत कोरोना संक्रमणबाट बढी प्रभावित छ जसको चौतर्फी असर सगै भारत आफैले खाधान्न संकटको सामना गर्नुपर्ने खतरा समेत रहेको छ । यदि भारत आफैँ खाधान्न संकटको भुमरीमा परेमा उसलाई नेपालमा खाधान्न आपूर्ति गर्नैपर्ने वाध्यकारी अवस्था रहने छैन । आफ्ना देशका नागरिक भोकमारीले छटपटाईरहदा कुनैपनि मित्र रास्ट्रले अर्को देशका नागरिकको पेट भरिदिन्छन भनेर कल्पना गर्न सकिदैन । त्यो अवस्थामा नेपालको स्थिती के होला रु त्यसो त आफ्नो अभिस्ट पुरा गर्न सामान्य अवस्थामा समेत नेपाल माथी अघोषित नाकाबन्दी गर्न पछी नपर्ने भारतले आज सिमा विवादका कारण रुस्ट भैरहेको बेला भोलि खाधान्नमा जानाजान नाकाबन्दी नलाउला भन्न सकिने अवस्था समेत छैन । तसर्थ यी भैपरी आउने समस्यालाई दृष्टिगत गरि अहिले नै नेपालमा रहेका तिनै तहका सरकार र सम्बद्द निकायले गहन गरि सोच्न जरुरी छ । जसले भोकमारिका कारण अकालमै मृत्यु वरण गर्ने नेपाली नागरिकहरुको ज्यान बचाउन सकोस ।

कोरोना भाइरस महामारीका कारण आजपनि हाम्रो मुलुक लकडाउनको अवस्थामा गुज्रिरहेको छ,सुरक्षित रहन विभिन्न माध्यमबाट घरमै बस्न अनुरोध सहितका सुचनाहरु प्रवाह भैरहेका छन । यी सुचनाहरुले सचेतता सगै मानिसहरुमा चाहिएभन्दा बढी सन्त्रास समेत फैल्याइरहेको छ । लकडाउनका कारण धेरै मानिसहरुको हातमुख जोर्ने अवस्था जिर्ण बन्दै गएको छ,विशेस गरि मजदुरी गरेर छाक टार्ने समुदाय अत्यन्तै नाजुक अवस्थामा छ भने अन्य क्षेत्रको अवस्था समेत दिनानुदिन कस्टकर बन्दै गएको छ ।

देशको ६० ५ भन्दा बढी नेपालीहरु संलग्न रहेको कृषिक्षेत्रलाई यो बेला सरकारले अत्यन्तै विशेस प्राथमिकता र महत्वका साथ हेर्नुपर्ने अवस्था देखिन्छ । परम्परागत ढंगबाट किसान कर्ममा लागिरहेका किसानहरुलाई आधुनिक कृषि औजार तथा उपकरणहरु द्वारा सम्पन्न बनाउदै प्रविधियुक्त खेती गर्न आवश्यक छ । अहिले किसानहरु हिउँदे धान,मकै लगायतका बाली थन्क्याउने र बर्खे धान रोप्ने बखतमा छन । सिङ्गो देश सँग जोडिएको कृषि क्षेत्र र यो कृषि कर्ममा आफ्नो पसिना रोपिरहेका लाखौं किसानहरु भविश्यमा हुने खाधान्न संकट समाधानका सेतु बन्न सक्दछन भन्ने कुरामा सरोकारवालाको दृष्टि पुग्न जरुरी छ । तर किसानहरुलाई सेतु बनाउने कि नबनाउने,खाधान्न संकट समस्यालाई महत्वका साथ हेर्ने कि नहेर्ने,किसानका वर्तमान समस्या के छन,ती समस्या समाधानको उपाय के हो र कसले गर्ने हो,उत्पादनलाई यो विशेस अवस्थामा कसरी बढाउन सकिन्छ,परम्परागत पिता पुर्खाको पेशा बनेको कृषि क्षेत्रलाई आधुनिकीकरण उन्मुख हुनेगरी विकास र विस्तार गर्ने दिर्घकालिन योजना के के हुन भन्ने जस्ता सवालहरुमा विशेसत तिनै तहका सरकार र सम्बद्द निकायको ध्यान जानैपर्दछ ।

यदि सरकारले कृषि क्षेत्रलाई वेवास्ता गर्दै सधै झैँ बढी गफ र कम महत्वका साथ हेरेमा त्यसले अल्पकालीन र दीर्घकालीन रुपमा ल्याउने दुर्घटना कहालीलाग्दो हुनसक्छ भन्ने अनुमान गर्न गाह्रो छैन । लकडाउनका कारण यदि कृषि उत्पादनमा गम्भीर गिरावट आएमा यो गिरावटले किसानहरु हैरान त हुने नै छन त्यो भन्दा ठूलो यो देशमा खाधान्न संकटको घडी आउन सक्नेछ र भोकमारी चल्ने खतरा हुनेछ । यसबाट सबैभन्दा बढी केटाकेटी,अशक्त र जेष्ठ नागरिकहरु प्रभावित हुनेछ्न । महामारीले अझै डरलाग्दो अवस्था सृजना गरे पेटका निमित्त एक अर्कामा युद्द चल्ने खतरा समेत रहेको र यसबाट सतर्क रहन विभिन्न सरोकारवालाले देशहरुलाई ध्यानाकर्षण समेत गरिसकेका छन ।

एउटा महामारी सग युद्द गरिरहेका बेला कल्पना गर्दा समेत कहाली लाग्नेगरि निकट भविष्यमा आइलाग्न सक्ने खाधान्न संकट महामारीको अवस्थाबाट दुर रहन किसानहरु,संचारकर्मी,बुद्दिजिवी लगायत सरोकारवाला सबैले चनाखो भएर यो आवाजलाई हाम्रो समाज हुँदै सरकारको ढोका सम्म पुर्याउन जरुरी छ । जसका कारण रास्ट्र महामारीबाट आक्रान्त भएको अवस्थामा सचेत वर्गको आवाजले रास्ट्रको खतरालाई कम गर्न योगदान गरोस ।

हाम्रो देशमा दिर्घकालिन महत्व बोकेको आत्मानिर्भर बन्नैपर्ने क्षेत्र कृषि हो तर अहिलेकै अवस्थामा सरकारले सम्बोधन गर्नैपर्ने, व्यवस्थापन गर्नैपर्ने अन्य कतिपय व्यवसाय र उत्पादनहरु पनि नभएका होइनन । तिनीहरुको समेत उचित व्यवस्थापन र कसरि सुचारु गर्ने भन्ने बारेमा सोच्नैपर्ने आवश्यकता छ । यदि महामारीको रुप अरु बढेर गएमा वा यहि अवस्था रहेमा अब पनि शुरुकै अवस्थाको लकडाउनको स्वरुपलाई निरन्तरता दिने काम भएमा त्यसले सिङ्गो देशको अर्थतन्त्रमा गम्भिर समस्या पैदा गर्ने निश्चित छ । लकडाउन सावधानीको एउटा प्रभावकारी र भरपर्दो उपाय हो तर यसलाई अब पनि प्रयोग गर्नुपर्दा विभिन्न क्षेत्रको उत्पादनलाई सुरक्षा सतर्कता सहित सुचारु गर्नेगरी स्वरुपमा परिवर्तन गरिनुपर्छ ।

सुरक्षा सतर्कता अवलम्बन गरिएको छ कि छैन निगरानी गर्दै अर्थतन्त्र धारासायी हुनबाट थोरै भएपनि बचाउनुपर्छ ।
अहिले सरकारको प्रमुख प्राथमिकता कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने नै हो,यो कार्यमा भएका ढिलासुस्ती र कमजोरीलाई सुधार्दै बढी क्षति हुन नदिकन सरकारले अगाडिको मार्ग तय गर्नुपर्छ । तर सरकारले केवल भाइरस नियन्त्रण गर्नेबारे मात्र सोच्ने र अरु तात्कालिन र दिर्घकालिन महत्वका विषय तर्फ वेवास्ता गरेमा यो एउटा गम्भीर भुल हुनेछ जसका कारण देशका जनता भोका मात्र रहने छैनन भोकमारिका कारण मृत्युको शिकार समेत हुन सक्नेछन । यसतर्फ स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकारले सुक्ष्म गरि अध्ययन गर्दै समस्या न्यूनीकरण गर्नुको विकल्प छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here