महामारीपछिको पुन: निर्माणको लागि पनि सोच्ने कि ?

११ जेष्ठ २०७७, आईतवार १०:५४ मा प्रकाशित
  • 315
  •  
  •  
  •  
  •  
  •  
  •  
    315
    Shares

डिल्ली हुमागाँई,

Advertisement

कोरोना भाइरस (कोभिड- १९) को महामारीको कारण संसार आज आक्रान्त बनेको छ । यसको निकासको लागि संसारका बादशाह मानिने मुलुकहरु समेत लागि नपरेको पनि होइन तर पनि अहिले सम्म कुनै ठोस निकास मिलेको छैन । नेपाल जस्तो गरिबीको रेखामुनि रहेको देशको लागि त यो झन चुनौती हो भन्दा अतियुक्ती नहोला ।

यसकै कारण हाम्रो देश नेपाल पनि प्रभावित भएको छ । लगभग दुई महिनाभन्दा बढी लकडाउन भई सक्दा समेत यसको रोकथाम र भबिस्यमा आउन सक्ने जोखिमको लागि हुनु पर्ने जती तयारी नहुनु भनेको दुखद मात्र नभएर घातक पनि हो भन्ने धेरैको विश्लेषण रहेको छ ।

एकातिर भाइरसको बिकराल समस्या छ भने अर्को तिर भोकमरीको समस्या धेरै परिवारलाई गार्हो बनी सकेको छ । आज मानिसहरु कोरोना भाईरसको भन्दा आफ्ना बालबच्चाको भोक कसरी मेटाउने अनि दैनिकी कसरी चलाउने समस्याले चिन्तित बन्न थालिसकेका छन् । नेपाल जस्तो निम्न वर्गीय परिवारको बाहुल्यता रहेको देशले न त जनताको समस्यालाई सामाधान गर्न सक्ने स्थिति छ नत बिगत दुई महिनाबाट चल्दै आएको लकडाउन नै घटाउन सक्ने अवस्थामा छ ।

नेपालमा दिन दुईगुना र रात चार गुनामा कोराना भाइरसको संक्रमण बढी रहेको छ । प्रथम त खुल्ला सिमानाको असर अनि छिमेकी मुलुकमा कामको सिलसिला गएकाहरु अबैधानिक रुपमा हुने फिर्तीको कारण नेपालमा कोरोनाको जोखिम दिनानुदिन बढिरहेको छ ।

सरकार आफै यतिबेला सिमाना बिबादमा फसिरहेको छ । यसले पनि सरकारलाई कुन काम पहिलो प्राथमिकतामा राख्ने र कुन काम दोस्रो प्राथमिकतामा पार्ने हो भन्ने द्विबिधामा परिरहेको होला । बिदेशमा रहेका ऊर्जाशील लगभग ५० लाख युवाको अवस्था पनि त्यस्तै छ । धेरैको रोजगारी गुमिसकेको छ भने अझै धेरैको रोजीरोटी गुम्ने निश्चित छ । अब ती युवा नेपाल फर्किदै गर्दा नेपालले दुरगामी र प्रभावकारी नीति र योजना ल्याउन अत्यन्तै जरुरी भएको छ । आम युवाहरुको भबिष्यलाई केन्द्रमा राखेर नीति निर्माण नगर्ने हो भने देश आफै संकटको भुमरीमा फस्ने निश्चित छ । सम्पुर्ण जनताको अभिभावक भएको हैसियतले सरकारले अहिलेदेखि नै उनीहरुको जनजीविकाका बारेमा सोच्न नथाल्ने हो भने पछि थेरै बिलम्व भैसकेको हुनेछ ।

कोरोना (कोभिड १९) अहिले संसारभरि र मानवजातिको लागि ठूलो पाठ सिकाएको छ । आज विश्व नै कोरानाबाट आक्रान्त बनेको परिप्रेक्ष्यमा निकासको खोजी गर्न हरतरहबाट प्रयासरत छन् । यसैको कारण मानिसहरु संक्रमित हुने दर त उच्च छ नै मर्ने दर पनि घट्न सकेको छैन । इतिहासकै यही भयावह परिस्थितिमा अवको मानव जीवनको दिशा कस्तो रहने र कस्तो हुने भन्ने गतिलो पाठ सिकाएको छ । मानव जीवनमा स्वास्थ्य नै पहिलो र महत्वपुर्ण कुरा हो भन्ने बिषयलाई जवरजस्त रुपमा स्थापित गरिदिएको छ । हरेकको बोली सुगा रटाईको रुपमा आउने स्वास्थ्य नै सबै भन्दा ठुलो सम्पति हो भन्ने खोक्रो भाषणलाई सम्पुर्ण कुपले नंगाईदिएको छ । हामीले भन्ने गरेको र गर्ने गरेका व्यबहारहरु बास्तवमै के र कस्ता थिए सोच्न बाध्य बनाएको छ कोरोनाले ।

हाम्रो दैनिक जनजीवन र खानपानकै कारण यो समस्या आएको हो भन्नेमा कुनै द्विविधा रहेन । काम र पैसाको पछि दौडिदा दौडिदा हामीले आफ्नै दैनिकीहरु पुरै बिगार्नुको उपज आजको यो समस्या निम्तिएकोमा कुनै शंका रहेन । त्यसैले अहिले आएको महामारीले हाम्रो दैनिक जीवन सुधार्नु पर्ने जनाउ दिएको सॉचो हो ।

मानिसको जीवनमा नभई नहुने तीन वटा कुराहरु छन्- हावा पानी र खाना । के आजको दिनमा हामी यो तीन वटै चीज स्वच्छ रूपमा लिईरहेका छौँ त ? पक्कै पनि छैन । आजभोली हामी स्वच्छ र होम मेड खानाबरु भन्दा जङ्क फुडमा मात्र भरोसा गर्न थालेका छौँ । पानी आर्सनिकले भरिएको पिउदै छौँ । आजको दिनमा बोटल वाटरहरु पनि मिनिरल युक्त छैनन् । पानी पिउनका लागि मात्र छन् । हावाको त कुरै नगरौ । बिश्वको १८० देशको हावा मापनमा नेपाल पनि १७६ नम्बरमा परेको छ । नेपालको शहरी क्षेत्र मात्र होइन हरेक ठाँउमा हावा प्रदुषित तिब्र रुपमा भई रहेको छ । जस्को कारण मानिसहरुलाई धेरै रोग लाग्ने गरेको छ । तसर्थ, कोरोनाबाट बच्न हाम्रो खाना, पानी, हावा स्वच्छ हुनु आवस्यक छ । तर आज यो भई रहेको छैन । स्वस्थ नै धन हो भनेर पढाइ भए पनि ब्यवहारिक जिवनमा कहिल्यै लागू हुन सकेको थिएन तर अब पनि मानिस स्वास्थको बिषयमा जानकार भएनन भने जीवन अहिलेको भन्दा कष्टकर हुन्छ । यसको लागी सरकारी र नीति निर्माण तहबाट नै स्पष्ट खाका बनाएर अघि बढ्नु पर्ने देखिन्छ ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाले हाम्रो सॉस्कृति मानसिक तथा आर्थिक सम्पुर्ण अवस्था तहसनहस बनाईदिएको छ । पुरानोको बिघटन र नयॉको निर्माण अनिवार्य सर्त हो । करिब करिब पुरानोको विघटन भैसकेको र नसॉको निर्माण प्रकृया सुरु नभईसकेको बर्तमान अवस्थामा आम जनताको सहयोगमा सरकारी तहबाटै जनताको सामाजिक, आर्थिक र भौतिक प्रगतिको लागी अहिलेबाट नै योजनाबद्ध ढंगले नीति निर्माण गरेर अघि नबढ्ने हो भनै झनै ठुलो खाडल निर्माण हुने निश्चित छ ।सरकारले अब पनि भबिष्यको बारे नीति नियम र योजना ल्याउन नसक्ने हो र दीर्घकालीन रोजगारीको योजना नल्याउने हो भने देश ठूलो दल दल मा फस्ने संभावना त छ नै देश भोकमरी र बेरोजगारी चरम बिन्दुमा पुग्ने कुनै दुईमत छैन।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here