धनकुटाको सार्वजनिक स्थलमा कीटनाशक औषधि छर्किँदै

0
919

धनकुटा,

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण धनकुटामा नेपाल रेडक्रम सोसाइटी सार्वजनिक स्थलमा कीटनाशक औषधि छर्किएको छ।

धनकुटामा चार स्वास्थ्यकर्मी, दुई सुरक्षाकर्मी र एकजना स्वास्थ्यकर्मीका परिवार गरी सातजनामा कोरोना संक्रमण देखिएपछि रेडक्रसले धनकुटा अस्पताल क्षेत्रमा कीटनाशक औषधि छर्किएको हो। रेडक्रसले सडकका किनारामा पनि कीटनाशक छर्किएको छ।

बजार क्षेत्रमा कीटाणुहरु नष्ट गर्न मेडिकल ल्याबमा प्रयोग हुने सोडियम हाइपो क्लोरेटुमा पानी मिसाएर छर्केको रेडक्रस धनकुटाका सभापति हरिकुमार राईले बता । धनकुटाको परिचयमोडबाट शुरू भएको औषधि छर्कने काम हुलाक टोल, चुवाको बोट, मदन चोक, सब्जीलाइन हुँदै त्रिवेणी चोकसम्म पुगेको थियो।

यो अभियानलाई आवश्यकताअनुसार निरन्तरता दिइने सभापति राईले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here