२८ जनाको पीसीआर विधिबाट कोरोना जाँच

0
1470

शान्तिनगर ।

झापाको बुद्धशान्ति गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा बसेकाहरुको आज (आइतवार) पिसिआर विधिबाट स्वाब संकलन गरिएको छ । बुद्ध आदर्श माध्यमिक विद्यालयमा तयार गरिएको क्वारेन्टाइनमा भारतका विभिन्न ठाउँबाट फर्किएका २४ जना बुद्धशान्तिबासी र २ जना पाँचथरका रहेका छन् ।

उनीहरुको पिसीआर विधिबाट स्वाव संकलन गरिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय बुधवारेका प्रमुख युवराज राई र बुद्धशान्ति गाउँपालिकाका प्रशासकीय अधिकृत इन्द्रप्रसाद चाँपागाई सहित २८ जनाको पिसिआर विधिबाट स्वाब संकलन गरिएको हो ।

क्वारेन्टाइनमा भारतको लखनउ, मध्य प्रदेश, कानपुर, दिल्ली, आसाम लगायतका ठाँउबाट स्वदेश फर्किएकाहरु रहेको बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालय झापाको टोलीले स्वाब संकलन गरेको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा संकलन गरिएको स्वाब परीक्षण गरिने छ । रिपोर्ट ३ दिन भित्र आईसक्ने गापा स्वास्थ्य शाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here