अबैध मदिरा बरामद

0
643

 

सुरुङ्गा, साउन २१ । ईलाका प्रहरी कार्यालय सुरुङ्गाले अबैध मदिरा बरामद गरेको छ । मध्यान्ह १२ बजे बोरामा प्याक गरी सुरुङ्गा चौकमा बसबाट ओरालिएको सो १ सय लिटर भन्दा बढी घरेलु मदिरा प्रहरीले बरामद गरेको थियो । मदिरा ओसार्ने व्यक्ति फरार भएको जनाइएको छ । केही हप्ता अघि ईलाका प्रहरी कार्यालय सुरुङ्गामा ईञ्चार्जको रुपमा मदनकुमार मैनाली सरुवा भई आए पछि अबैध मदिरा बरामद भएको यो पहिलो पटक हो । बरामद गरिएको सो मदिरा सार्वजनिक ठाउँमा नष्ट गरिएको छ । सो मदिरा उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, बजार व्यवस्थापन समिति, स्थानीय शान्ति समितिका प्रतिनिधिहरु र संचारकर्मीको उपस्थितिमा नष्ट गरिएको थियो । मदिरा नष्ट गरिँदा झापा उद्योग वाणिज्य संघ शाखा सुरुङ्गाका अध्यक्ष युवराज संग्रौला , होटल व्यवसायी संघ क्षेत्रीय समिति सुरुङ्गाका अध्यक्ष होम बिमली, सुरुङ्गा बजार व्यवस्थापन समितिका अध्यक्ष टीकाकुमार पोखरेल, सदस्यहरु मैना तिवारी र डिल्लीराम उप्रेती, एकीकृत माओवादीका युवा नेता लीलाराज कार्की, प्रकाश थपलिया, गोपाल तामाङ लगायतको उपस्थिति रहेको थियो ।