झापाली समाज अष्ट्रेलियाद्वारा आर्थिक संकलन अभियान शुरु

0
1042

अष्ट्रेलिया।

कोरोना भाईरसको संक्रमणले विश्व नै आक्रान्त बनिरहेका बेला झापाली समाज अष्ट्रेलियाले आर्थिक संकलन तथा सहयोग अभियान शुरु गरेको छ ।

नेपाल समेत महामारीको चपेटामा पर्दै गएको संकटपूर्ण अवस्थामा (कोभिड–१९) को संक्रमणबाट बचौँ, विपन्न तथा असहाय परिवारलाई सहयोग गरौँ’ भन्ने उद्देश्यले झापाली समाज अष्ट्रेलियाले सहयोग अभियान सुरु गरेको हो । गृह जिल्ला झापालाई प्रार्थमिकतामा राख्दै प्राकृतिक प्रकोपमा होस् वा अरु कुनै कठिन अवस्थामा अष्ट्रेलियामा रहेका झापालीहरुले सहयोग गर्दै आएका छन् ।

विगतमा भूकम्प, बाढीपहिरो लगायत दैविक प्रकोपमा समेत सहयोग गर्दै आएको झापाली समाज अष्ट्रेलियाले कोरोना रोकथाम र व्यवस्थापनमा सहयोग गर्न आर्थिक संकलन अभियान सुरु गरेको झापाली समाज अष्ट्रेलियाका सचिव अशोक उप्रेतीले बताए ।

अभियान मार्फत संकलन गरिएको रकम झापामा हाल संचालन भई रहेको एकका लागी एक अभियानमा सहकार्य गर्दै झापा जिल्ला कोरोना नियन्त्रण व्यवस्थापन समितिलाई आवश्यक सामाग्री उपलब्ध गराउने संस्थाका अध्यक्ष उमेश पोखरेलले जानकारी दिए ।

अष्ट्रेलिया निवासी झापाली लगायत सबै नेपालीहरु एकजुट भई अभियान जुट्न समाजले आवहान पनि गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here