ट्याक्टरबाट लडेर मोरङमा एक जनाको मृत्यु

0
945

मोरङ ।

मोरङको कानेपोखरी गाउँपालिका–५ मा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

आज बिहान सवा ९ बजेको समयमा पूर्व–पश्चिम राजमार्ग अन्तरगत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को २ त २४५९ नम्बरको ट्याक्टरमा सवार रहेका स्थानीय २७ बर्षीय प्रबिण राई अचानक ट्याक्टरबाट लडेर घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागी मंगलवारे अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना बारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here