नेपालमा कोरोना संक्रमण बढ्दै, संक्रमितको संख्या ६८२ पुग्यो

0
532

झापा ।

नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार (आज) सोमबारसम्ममा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ।

देशका विभिन्‍न प्रयोगशालामा गरिएको पछिल्लो परिक्षणबाट संक्रमित थपिएसँगै ६८२ जना संक्रमित पुगेका हुन। स्वास्थ्य मन्त्रालयका अनुसार धनुषा, कपिलवस्तु, काठमाडौं, बारामा संक्रमित भेटिएका हुन्।

काठमाडौंमा तीनजना कोरोना संक्रमित भेटिएका छन्। त्यसैगरी रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखमा नयाँ संक्रमित भेटिएका छन्। सरकारले लकडाउनको गरेको दुई महिना बिति सक्दा समेत कोरोना परिक्षणको दायरा बढाउन नसक्दा संक्रमण अझै फैलन सक्ने चिकित्सकले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here