हात्तीको आक्रमणबाट एकको मृत्यु

0
1462

झापा,

जङ्गली हात्तीले आक्रमण गर्दा एक भारतीय युवकको मृत्यु भएको छ ।

दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका उनको मृत्यु भएको हो । बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको घटनास्थलमै मृत्यु भएको जिल्ला वन डिभिजन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए ।

मोरङतिरबाट आएको हात्तीलाई नेपाल र भारत दुबै तर्फका नागरिकले धपाउन खोज्दा जङ्गली हात्ती भारतीय युवकमाथि झम्टिएकाे थियो । हात्ती लखेट्न सीमा नाघेर नेपाल छिरेका ती भारतीय युवकको शव दशगजाको मकैबारीमा फेला पारिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here