कोरोना सङ्क्रमणबाट जोगिन आम नागरिकलाई प्रधानमन्त्री ओलीका पाँच टिप्स

0
922

काठमाण्डौ,

कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन प्रधानमन्त्री केपी शर्मा ओलीले आम नागरिकलाई पाँच वटा सुझाब दिनुभएको छ । राष्ट्रको नाममा सोमबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्ता सुझाब दिनुभएको हो । उहाँले नेपालीले खाने तरकारी र अचारमा औषधीय तत्व रहेको बताउनुभयो ।

हाम्रा पूर्वजहरूले हजारौँ वर्षदेखि गहिरो अनुसन्धान गरेर प्रचलनको रूपमा हाम्रो भान्छामा प्रयोग हुँदै आएका ती औषधीय तत्वले रोगको प्रतिरोधी क्षमता बढाउन बल पुर्याइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । उहाँले निरोगी नेपाल निर्माणको लागि पाँच कार्य गर्न सबैलाई आग्रह गर्नुभयो ।

१) यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔँ ।

२) लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौँ । शारीरिक र श्वास प्रश्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ ।

३) भाइरस फोहरमा रमाउँछ । आफ्नो शरीर र बासस्थान दुबैको सरसफाइमा एकदमै ध्यान दिऊँ ।

४) स्वस्थ रहनको लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ ।

५) भय र त्रास, चिन्ता र आशङ्काले रोगव्याधिविरुद्धको लडाइँमा कमजोर तुल्याउँछ । उच्च मनोबल कायम राखौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here