थप १२ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ७ सय पुग्यो

0
458

काठमाण्डौ,

मङ्गलबार बिहान थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाको अनुसार आज बिहान सङ्क्रमण पुष्टि हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ८ जना, भेरीगङ्गा नगरपालिका र सिम्ता गाउँपालिकाका दुई दुई जना रहेका छन् । उनीहरु केही दिनअघि भारतबाट आएका थिए ।

योसँगै देशमा कारोना सङ्क्रमित हुनेको सङ्ख्या ७ सय पुगेको छ । कर्णाली प्रदेशमा अहिलेसम्म २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here