हावाहुरीले इलाममा क्षति, बिजुली अवरुद्ध

0
1372

गणेश अर्याल / इलाम । 

मंगलबार बेलुका आएको हावा हुरीले इलामको बिभिन्न स्थानीय तहमा ठूलै नोक्सान पु¥याएको समाचारहरु प्राप्त भएका छन् ।

जिल्ला को दक्षिण पूर्वमा रहेको रोङ गाउपालिका ६ सलकपुरमा ३ वटा घरको छाना उढाएको छ । सलकपुर स्थीत ल्वाङ तामाङको मुल घरको छाना उढाएर करिब १ किलोमिटर पर पु¥याएको गाउपालिका अध्यक्ष समसेर राईले जानकारी दिनु भएको छ ।

त्यसैगरी निरबहादुर स्याङबोको मुलघर र भान्सा घर दुबैको छाना उढाएको बताइएको छ । हावाहुरीले अन्य एक दर्जन घरको छानामा क्षति भएको जानकारी आएपछि रातीको समय भएकाले पुर्ण बिवरण प्राप्त नभएको गाउपालिका अध्यक्ष राइले बताउनुभयो ।

हावाहुरीको कारण किसानले लगाएको तरकारी बालीमा पनि क्षति पुगेको किसानहरुले बताएका छन् । रोङ छ कै र्जौबारी लामागाँउमा पनि किसानको गाइको गोठ बाख्राको खोर तरकारी बारी लगायत मा नोक्सान पुगेको स्थानीय मनबहादुर तामाङले बताउनु भएको छ ।

उता इलामकै सूर्योदय नगरपालिका लक्ष्मीपुर बर्दु लगायतको स्थानमा पनि नोक्सान पुगेको छ । किसानले लगाएको स्कुसको माच हावाले लडाएको टमाटर, मकै भाचेर क्षति गरेको स्थानीय बासी स्याम भट्टराइले बताउनु भयो । माइजोगमाइ गाउपालिकाको सोयाङ नामसालिङ प्याङ लगायतको स्थानमा पनि हावाहुरीले नोक्सान पु¥याएको छ ।

बिजुली अवरुद्ध

हावाहुरीले गाउमा बितरण भएको काठको अधिकांस पोलहरु भाचेको छ । काठको पोल भाचिदा बिद्युत सेवा अवरुद्ध भएको छ ।

बिजुली अवरुद्ध हुँदा मानिसहरुलाइ मोबाइल चार्ज गर्न समेत समस्या भएको छ । बेलुका अबेर सम्म यो समाचार तयार पारुन्जेल पुरै इलाम जिल्ला मा बिजुली नभएर अध्यारो भएको नेपाल बिद्युत प्राधिकरण इलाम बितरण केन्द्रले जनाएको छ । धेरै बर्ष पुरानो काठको पोलहरु कमजोर भइसकेको अवस्थामा हावाको बोझ थाम्न नसक्दा भाचिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here