भीटीएम किट खरिदका लागि वोहोरा र सिटौलाले दिए रकम

0
653

तुलसीप्रसाद निरौला  / बिर्तामोड।

झापा दमक १० घर भइ हाल काठमाडौँमा बसोबास गर्दै आएका डिन्सन बोहोराले पाँच सय थान भीटीएम किट खरिदका लागि रकम उपलब्ध गराएका छन् ।

सहारा नेपालसहित १८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा झापामा सुरु गरिएको ‘एकका लागि एक’ अभियान लाई बोहोराले पाँच सय थान भीटीएम किट खरिदका लागि दुई लाख तीन हजार चार सय रुपैयाँ प्रदान गरेका हुन् ।
बिर्तामोडमा एसएस रियलस्टेट र कतारमा कन्स्ट्रक्सन कम्पनीका सञ्चालक समेत रहेका वोहोराले विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको परीक्षणमा सघाउ पुर्याउन भीटीएम किट खरिद गर्न रकम प्रदान गरेको भीटीएम किट खरिद तथा हस्तान्तरण कार्यक्रमका सह संयोजक तथा रोटरी क्लव अफ बिर्तामोडका इलेक्ट प्रेसिडेन्ट निर्मल भट्टराईले जानकारी दिए ।

उक्त रकमले भीटीएम किट खरिद गरी जिल्ला प्रशासन कार्यालय मार्फत कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापालाई उपलब्ध गराइने उनले बताए ।

त्यस्तै, झापा हल्दिबारी २ का यामकुमार सिटौलाले एक सय थान भीटीएम किट खरिदका लागि ४५ हजार रुपैयाँ उपलब्ध गराएको सचिवालयका गोपाल भट्टराईले जानकारी दिए । परिवारका साथ अमेरिकामा बस्दै आएका सिटौलाले झापामा कोरोना संक्रमित बढेको र कोरोना संक्रमितको परिक्षणका लागी भीटीएम किट खरिद गर्न रकम प्रदान गरेको वताइएको छ ।
एक हजार भीटीएम किट खरिद गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापालाई उपलब्ध गराइने उद्धेश्यमा पुग्न लागेको र दुई दाताले ६ सय थान भीटीएम किट खरिद गर्न रकम प्रदान गरेकाले अव ६० थान भीटीएम किट खरिद गरी उपलब्ध गराइने ‘एकका लागि एक’ अभियानका साझेदार संस्था वीरता जेसीजका अध्यक्ष तथा भीटीएम किट खरिद तथा हस्तान्तरण कार्यक्रमका संयोजक मिजाश पोखरेलले जानकारी दिए ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण झापामा वढेसंगै झापामा कोरोना भाइरसको परीक्षणको दायरा बढाउन बिर्तामोडमा भएको ‘एकका लागि एक’ अभियानको बैठकले एक हजार थान भीटीएम किट खरिद गर्ने निर्णय गरेको थियो ।

सोही वैठकको निर्णय अनुसार यस अघि तीन सय ४० थान भीटीएम किट खरिद गरी जिल्ला प्रशासन कार्यालय मार्फत कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापालाई उपलब्ध गराइएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

उनले झापाका सीमावर्ती क्षेत्रमा भारतबाट आउने क्रम बढेपछि झापामा कोरोनाको जोखिम बढे संगै कोरोना भाइरसको परीक्षणको लागी अत्यावश्यक भीटीएम किटको अभाव हुँदा झापामा कोरोना भाइरसका संक्रमित समेत बढेकाले तत्काल भीटीएम किटकोे खरिद गरी उपलव्ध गराइएको वताए ।

सहारा नेपालसहित १८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा शुरु गरिएको ‘एकका लागि एक’ अभियानको संयोजन तथा सहजीकरण संवाद समूह झापाले गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here