भोलिदेखि बिर्तामोडको सिल हट्ने, जोर–बिजोर प्रणालीमा पसल खुल्ने

१४ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

बिर्तामोड।

सरकारले गत चैत ११ गतेबाट गरेको लकडाउनको उल्लघन गर्दै सहरमा भिडभाड बढेको भन्दै अघोषित कफ्र्यु रहेको बिर्तामोड नगरपालिका क्षेत्रमा भोलि(बिहीबार) देखि संघीय सरकारको निर्णयानुसार हुने भएको छ ।

मंगलबार नगरपालिकामा भएको छलफलको निश्कर्ष र (आज) बुधबार उद्योगी व्यवसायीको आग्रह पछि नगरपालिकाले आफ्नो निर्णयमा पुनःविचार गरेको हो । नगरगर पालिकाले गरेको सिल खुल्ला गर्ने निर्णय भएको जनाइएको छ ।

जसअनुसार भोलि जेठ १५ गते गणतन्त्र दिवसको दिनदेखि पालो मिलाएर अत्यावश्यक वस्तु तथा सेवा सञ्चालन गरिने भएको छ । बिर्तामोड नगरपालिका कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन समितिको आजको बैठकको निर्णयाअनुसार खाद्यान्न पसलहरु र निर्माणजन्य तथा अत्यावश्यक सामाग्रीका पसलहरु जोर–बिजोर बार पारेर बिहान ७ बजेदेखि १० बजे सम्म खोल्न पाउने भएको छ ।

यस्तै बैंक तथा बित्तीय संस्थाहरु १० बजेदेखि १ बजेसम्म खोल्ने निर्णय भएको छ । सोका लागि बैंकर संघको समयतालिका पालना गरिनेछ । सामान लोड अनलोड बेलुकामात्र गर्ने निर्णय भएको जनाइएको छ। झापामा समेत कोरोना संक्रमितको संख्या बढ्दै गइरहेका बेला लकडाउन उल्लघन बढेपनि नगर क्षेत्रमा संक्रमण भित्र्न नदिन नगरपालिकाले सबै सीमा नाका बन्द गरेर नगर सिल गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा (प्रसाई)द्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– सरकारले गरेको लकडाउनलाई पूर्ण रुपमा पालना गरेर संक्रमण रोकथाममा सबैको सहयोगको अपेक्षा गरेका छौं ।

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here