देशभर हालसम्मकै धेरै ११४ जना कोरोना संक्रमित थपिए, झापामा मात्रै १७ जना

१४ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

काठमाडौं,

बुधबार एकै दिन देशभरका विभिन्‍न स्थानमा ११४ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार मात्रै देशका विभिन्‍न स्थानमा ११४ जना संक्रमित थपिएको पुष्टि गरेका छन्।

मन्त्रालयमा कोभिड-१९ बारे भएको नियमित प्रेस ब्रिफिङमा देवकोटाले यो जानकारी दिएका हुन्। यो संख्या एकैदिन भेटिएका अहिलेसम्मको धेरै संक्रमितको संख्या हो। योसँगै देशभर संक्रमितको संख्या ८८६ पुगेको छ। मंगलबार मात्रै देशभर ९० जना कोरोना संक्रमित थपिएका थिए।

भारतमा अड्किएका नेपाली दिनको हजारौँका दरले आउन थालेपछि कोरोना संक्रमित पनि तीव्रगतिमा बढेका हुन्। भारतले रेल सेवा सञ्‍चालन गरेर त्यहाँ रहेका नेपालीलाई सीमा क्षेत्रमा ल्याएर छाडिदिने गरेको छ। देवकोटका अनुसार थपिएका ११४ जना नयाँ संक्रमितमा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा गरिएको परीक्षणमा १६ जना नयाँ संक्रमित रहेका छन्। जसमा सप्तरी बोडे बर्साइन नगरपालिकाका मात्रै ११ जना रहेका छन् ती सबै पुरुष छन्।

सप्तरीकै अन्य स्थानमा पनि थप संक्रमित भेटिएका छन्। कोशी अञ्चनल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा १७ जना संक्रमित भेटिएका छन्। जसमा झापा गौरादहका २ जना र कचनकवल गाउँपालिकाका १५ जना रहेका छन्। त्यस्तै हेटौँडाको कीटजन्य प्रयोगशलामा गरिएको परीक्षणमा ८ जना संक्रमित भेटिएका छन्।

जसमध्ये रौतहटका सातजना र मकवानपुरकी एक जना महिला रहेकी छन्। पोखराको ल्याबमा गरिएको परीक्षणमा बागलुङको बडीगाड र ताराखोलामा ६ जना संक्रमित भेटिएका छन्। उता राप्ती विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा १८ जनाको नतिजा पोजेटिभ आएको छ।

जहाँ रुकुमपूर्वमा पनि ३ तीनजना संक्रमित भेटिएका छन्। जस अनुसार दाङ घोराहीका सातजना संक्रमित रहेका छन्। दाङकै लमही नगरपालिकाका ८ जना भेटिएका छन्। जसमा सातजना पुरुष र एकजना महिला रहेका छन्। भेरी अस्पतालमा गरिएको परीक्षणमा १६ जनामा कोरेना पोजेटिभ देखिएको छ।

जसमा बाँकेका ९ जना रहेका छन्। खजुरा गाउँपालिकाका एकजना संक्रमित रहेका छन्। यता काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ। उनीहरु सिरहासहितका जिल्लाका संक्रमित छन्।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here