खत्रीले दिइन् जन्मदिनमा कोरोना कोषमा रकम

१४ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

बिर्तामोड ।

झापा विर्तामोड १ की तिलोत्तमा खत्रीले फरक तरीकाले जन्मदिन मनाएकी छिन् । उनले बिर्तामोड क्षेत्रमा रहेका विपन्न परिवारलाई खाद्यन्न तथा अत्यावश्यक सामाग्री खरिदको लागि बिर्तामोड नगरपालिका बडा नं. १ ले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा ११ हजार रुपैयाँ प्रदान गरेर जन्मदिन मनाएकी हुन् ।

बिर्तामोड बडा नं. १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेलाई खत्रीले उक्त रकम हस्तान्तरण गरेकी थिइन् । रकम ग्रहण गर्दै वडाध्यक्ष पाण्डेले जन्मदिनमा गरीने खर्च कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा प्रदान गरेर खत्रीले परोपकारी कार्य गरेको बताएका थिए ।

त्यस्तै कार्यक्रममा सहभागी नेकपा विर्तामोड बडा नं. १ वडाकमिटीका अध्यक्ष त्रिलोचन प्रसाई , नेपाली कांग्रेस बडा नं. १ का वडा समितिका अध्यक्ष नगेन्द्र वस्नेतले खत्रीले गरेको कार्यको प्रसंसा गरेका थिए ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणवाट वच्न सरकारले जारी गरेको लकडाउनमा बिर्तामोड बडा नं. १ मा रहेका विपन्न, अपाङ्ग, असहाय, दैनिक ज्यालादारी गर्ने मजदुरको परिवार भोकै बस्न नपरोस् भन्ने उद्धेश्यले खाद्यन्न तथा अत्यावश्यक सामाग्री खरिदको लागि उक्त रकम सहयोग गरेको खत्रीले वताइन् ।

उनले कोरोना भाइरसको संक्रमणवाट बच्न सवैले सर्तकता अपनाउनु पर्ने बताउँदै फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा सामाजिक कार्य गरेर जन्मदिन मनाउँदा आफूलाई आनन्द आउने बताइन् ।

खत्री इलाम झापा मैत्री समाज विर्तामोड नगर अध्यक्ष , अरनिको टोल विकास संस्थाकी उपाध्यक्ष , महिला तथा वालवालिका जागरण अभियानकी सचिव लगायत विभिन्न संघसंस्थामा आवद्ध रहेकी छिन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

2 COMMENTS

  1. अत्यन्त उदाहरणीय कार्य गर्नुभएकोमा तिलोत्तमा बहिनीलाई हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here