बिर्तामोडका डीएसपी मुकुन्द रिजाल अधिकांश समय सडकमै, शान्ति सुरक्षा कायम राख्न दिनरात तल्लिन

१४ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

बिर्तामोड।

झापाको बिर्तामोडमा रहेको इलाका प्रहरी कार्यालय अनरमनीले तीन नगरपालिका र एउटा गाँउपालिका हेर्ने गरेको छ । झापाको सबैभन्दा तिब्र रुपमा जनघनत्व वृद्धि भइरहेको बिर्तामोड नगरपालिकामा शान्ति सुरक्षा कायम गर्न उस्तै प्रहरी अधिकृतलाई हम्मे–हम्मे पर्ने गरेको छ । केही प्रहरी अधिकृत त विभिन्न विवादमा समेत गर्दै विभागीय कारबाहीमा समेत परेका छन् । हुने विरुवाको चिल्लो पात भने झैं इलाका प्रहरी कार्यालय अनरमनीको नेतृत्व सम्हाल्न करिब पाँच महिना अघि बिर्तामोड आएका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजाल अधिकांश समय फिल्डमा आफैं खट्ने गरेका छन् ।

बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकासंगै बाह्रदशी गाँउपालिका क्षेत्र र्हेनुपर्ने भएपछि प्रहरी नायब उपरीक्षक अधिकांश समय आफ्नो इलाका विभिन्न क्षेत्रमा पुग्ने गरेका छन् । सरकारले गत चैत ११ गतेबाट गरेको लकडाउन कार्यान्व्यन गर्न पनि प्रहरीलाई हम्मेहम्मे परिरहेका बेला डीएसपी रिजालले भने स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, वाणिज्यसंघ, लगायत विभिन्न संघसंस्था, सञ्चारकर्मी, स्थानीयसंग सहकार्य गर्दै सबै क्षेत्रमा लकडाउन लाई कार्यान्व्यन गराउदैं सचेतना मुलक जानकारीहरु समेत गराउदैं आएका छन् । कोरोना भाइरसले विश्वब्यापी रुपमा महामारीको रुप लिएसंगै यसको संक्रमण नेपालमा समेत देखा परेको छ । नेपालमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको तथा पछिल्लो समय लकडाउन उल्लघन गर्नेको संख्या बढी रहेका बेला इलाका प्रहरी कार्यालय अनारमनीले नागरिकलाई घरमै बसेर सहयोग गर्न तथा उल्लघन आग्रह गर्दै आएको छ ।

लकडाउन भएको लामो समय भएकाले नागरिक सडकमा निस्कन खोज्नु सामान्य भएपनि संक्रमणको दर बढेकाले अझैं केहि समय धैर्य गर्नुपर्ने डीएसपी रिजालको भनाई छ । बिर्तामोडमा लडाउन उल्लघन गर्ने क्रम बढेपछि प्रहरीले जिल्लमै पहिलो पटक रोड लकडाउन सेलको अवधारणा ल्याएर लकडाउनको उल्लघन गर्नेलाई दुई घण्टासम्म उभ्याएर यो रोगको बारेमा जानकारी दिने तथा अनावश्यक हिडडुल गरे प्रहरीले कारबाही गर्ने भन्दै सचेतना जनाउन डीएसपी रिजाल आफैं सडकमा खट्ने गरेका थिए । उनले शुरु गरेको अभियान झापाका अधिकांश स्थानका साथै देशभर नै चल्यो । प्रहरीले सकडमै उभ्याउने भन्ने थाहा पाएपछि अनावश्यक रुपमा हिडडुलमा समेत कमी आएपछि प्रहरीलाई लकडाउन कार्यान्व्यन गराउन सहजता मिलेको थियो ।

प्रदेश–१ को झापामा कोरोना संक्रमित धेरै रहेकाले यहाँ प्रहरी सर्तकता अप्नाउनु जरुरी पनि हो । सामान्यता कार्यालय प्रमुख आफैं सडकमा १८ घण्टाबढी खट्नु समान्य कुरा होइन् । तर, डीएसपी रिजाल नागरिकको सुरक्षाका लागि आफैं खट्ने गरेका छन् । उनी भन्छन् –म आफु कर्सीमा बसेर अरुलाई काम लगाउनुभन्दा सबैसंग समान रुपमा खट्दा प्रहरीमा समेत काम गर्ने उच्च मनोबल प्राप्त हुन्छ । यसले शान्ति सुरक्षा कायम गर्न सहज हुने छ ।

लकडाउनको अवधिमा डीएसपी रिजालकै पहलमा बिर्तामोडका हस्पिटलसंगको सहकार्यमा फिल्डमा खटिने प्रहरीलाई कोरोना भाइरसका लक्ष्ण, कसरी जोगिन सकिन्छ अनि कोरोना संक्रमित बिरामीको कसरी सुरक्षित उद्धार गर्न सकिन्छ भनेर चिकित्सक मार्फत प्रशिक्षण समेत दिए । आफ्नो इलाका अन्र्तगत अधिकांश स्थानमा विभिन्न संघ संस्थासंग सहकार्य गर्दै हात धुने ब्यवस्था समेत मिलाएका डिएसपीले आफैं फिल्डमा खटिएर कोरोना भाइरसबाट कसरी आफुलाई सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा सचेतना समेत जगाउने काम गरेका छन् ।

सबै स्थानमा प्रहरी पुग्न नसक्ने भएकाले सन्देश मुलक जानकारीहरु माइकिङ मार्फत सबै ठाँउमा पु¥याउन सफल भएको उनको भनाई छ । पूर्वकै ब्यस्त शहरको रुपमा रहेको बिर्तामोडमा भीडभाड कम गराउन भौतिक दुरी कायम गराएर मात्रै सामान खरिद तथा विक्रिको ब्यवस्था गर्द गोला घेराहरु बनाएर सचेतना फैल्याउने काम गरेको बताइएको छ । अधिकांश समय प्रहरी आफैं सडकमा खट्दा समेत विभिन्न बहाना बाजी गरेर लकडाउन उल्लघन गर्ने तथा झापामा जोखिम बढेको भन्दै बिर्तामोड नगरपालिकाले नगरलाई सिल गरेपछि हाल सबै क्षेत्र सुनसान जस्तै बन्ने गरेको छ । नगर सिल गरेपछि बाहिरी क्षेत्रबाट अनावश्यक रुपमा मानिस नभित्र्ने भएकाले पनि शान्ति सुरक्षा कायम गर्न सहज भएको डीएसपी रिजालको भनाई छ ।

उनले सरकारले आगामी जेठ २० गतेसम्म लकडाउन घोषणा गरेको तथा नेपालमा जोखिम बढ्दै गएकाले नागरिक आफैं सचेत बनेर सहयोग गर्नु पर्ने बताए । एक ब्यक्तिको लापरबाहीका कारण सयौं मानिस प्रभावित हुन सक्ने भएकाले नागरिक आफैं सचेत बन्नु पर्ने डीएसपी रिजालले बताए । लकडाउनको अवधिमा जघन्य अपराधका घटनामा कमी आएको तर घरेलु तथा मानसिक हिंसामा भने वृद्धि हुन सकने भएकाले यस तर्फ समेत प्रहरीले ध्यान केन्द्रित गरेको उनले जानकारी दिए । डीएसपी रिजालले दिनरात प्रहरी सडकमा खटिने भएकाले अनावश्यक रुपमा लकडाउन उल्लघन गर्ने तथा प्रहरीको मनोबल गिराउने कुनै पनि कार्य नगरिदिन सबैसंग आग्रह गरेका छन् । अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन अनुरोध गर्दै कोरोनालाई घरमै बसेर जित्न उनले आग्रह समेत गरेका छन् ।

स्थानीय जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, संघ संस्था तथा नागरिकले पूर्ण रुपमा सहयोग गरेकाले नै लकडाउनलाई कार्यान्व्यन गराउन प्रहरी सफल भएको डीएसपी रिजालले जानकारी दिए । उनले पछिल्लो समय भारतबाट आउनेको संख्यामा वृद्धि भएकाले कोही पनि ब्यक्ति भारत तथा अन्यदेशबाट आएको भए क्वारेन्टाइनमा बसेर सहयोग गरिदिन अनुरोध समेत गरेका छन् । उनले इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत सबै प्रहरीको स्वास्थ्य प्रति आफु उत्तिकै चनाखो भएकाले कोरोनाको संक्रमणबाट कसरी जवोगिन सकिन्छ भन्ने विषयमा सबैलाई सचेत जगराउदै आएको उल्लेख गरे ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

2 COMMENTS

  1. सच्चा देशभक्ति को ज्वलन्त उदाहरण DSP रिजाल । स्यालुट छ हजुरलाई ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here