प्रदेश २ का ६ जिल्लामा थपिए ७६ जना कोरोना संक्रमित

0
640

काठमाडौं,

प्रदेश २ मा थप ७६ जना नयाँ संक्रमित थपिएका छन्।

प्रदेश २ को सामाजिक विकास निर्देशनालय स्रोतकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमूना परीक्षणमा ७६ नयाँ संक्रमित थपिएका हुन्।

निर्देशनालयका अनुसार धनुषामा २९ जना, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनामा संक्रमण पुष्टि भएको हो।

यद्यपी मन्त्राललले भने औपचारीक रुपमा जानकारी दिएको छैन। हिजो मात्रै प्रदेश २ मा ५६ नयाँ कोरोना सङ्क्रमित पुष्टि भएको थियो।

थपिएका सङ्क्रमितमा रौतहटका ३५, बारामा एक महिलासहित आठ, सप्तरीमा एक महिलासहित ११ र सिरहाका दुई जना छन्। प्रदेश २ मा मात्रै ९७ जना निको भइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here