कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबार, संविधान संशोधनका विषयमा छलफल हुने

0
830

काठमाडौं ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी शनिबार बस्ने भएको छ ।

पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने छ । सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएपछि पार्टीको संस्थागत धारणा बनाउन काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।

सरकारले केही दिनअघि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेटेर नयाँ नक्सा जारी गरेसँगै संविधान संशोधनको तयारी गरेको हो ।

नयाँ नक्सामा उल्लेख भूभागसहित निशान छाप र क्षेत्रफल समेट्नेगरी सरकारले संविधान संशोधन गर्न यसअघि गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गरिसकेका छन् ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थित हुन निर्देश्न मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here