‘ कर्मचारीले सुविधा खोजेको होइन, सम्मान ’

१६ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

 

 

मोेहनकुमार घिमिरे– पूर्ब अध्यक्ष, नेपाल निजामती कर्मचारी संगठन

 

कोरोना संक्रमणका बीच सरकारले ल्याएको बजेटलाई यहाँले कुन रुपमा हेर्नु भएको छ ?

तलब वृद्धि नगरीकन पनि कर्मचारीलाई उत्प्रेरित गर्न सकिने अबस्था र उपायहरु थिए । यो उपाय सरकारले अवलम्बन गर्न सकेन । केवल १० प्रतिशत कर्मचारीलाई प्रदान गरिएको पीबीएसको नामको पावरवेस भक्ता त्यति ठूलो आवाजमा हटाउन पर्ने थिएन । सबै कर्मचारीले अनावश्यक भत्ता खाएका रहेछ्न नि भन्ने गलत सूचना फेरिपनि सरकारले जनतामाझ पु¥यायो । यसलाई अर्थपूर्ण ढङ्गले सुझाउने ट्रेड युनियन सन्यन्त्र कमजोर , कामचोर र निम्छरो बनिदिदा समग्र राष्ट्रसेवकमा हिनताबोध बढ्ने हुन्छ । संकटको बेला सरकारको दायित्व कर्मचारी उत्प्रेरित गर्ने हो न कि पाँडे गाली होइन । यो सुबिधा बढेन भन्ने कुरो मात्रै होइन राष्ट्र असहज भो भन्ने कुरा बुझाए कर्मचारी आधा तलबमा काम गर्न तयार छन् ।

विपदको क्षणमा पनि कर्मचारी सेवामा तल्लीन छन् । उनीहरुका लागि सरकारले सुरक्षा सामग्री पर्याप्त दिएको छ ?

कर्मचारीहरुले जस्तोसुकै संकटको बेलामा पनि आफ्नो जिम्मेवारी पूरा गरेको इतिहास छ । माओबादी द्वन्द्वकालमा होस् या मधेस आन्दोलन किन नहोस् कर्मचारीले जीवनको पर्वाह नगरी सेवा प्रवाह गरेका छन् । भुकम्प पछिको पुनःस्थापनामा बिना तालिम बिना सुरक्षा सामग्री पहिलो उद्धारकर्ता सरकारी कर्मचारी बनेको इतिहास छ । तसर्थ सेवा प्रवाहको विषयमा हामी जिम्मेवार ढङ्गले लागि परेका छौ ।
जहाँसम्म सुरक्षा सामग्री को कुरा छ । राज्यको सिमित श्रोतबाट ब्याबस्थापन गर्न गाह्रो हुन सक्छ । तथापि अग्रपंक्तिमा काम गर्ने कर्मचारीहरुलाई यस्ता विषय अनिवार्य शर्त हुन । राज्यको तर्फबाट उपलब्ध गराउनु पर्छ ।

बजेटका राम्रा पक्ष के – के हुन् ?

यो अफ्ठ्यारो अबस्थामा आएको बजेट हो । मुलुकको ध्यान नै अर्को तर्फ मोडिएको छ । तथापि बजेटले प्रशस्तै राम्रा बिषय समेत उठाएको छ ।
स्वास्थ्य र सामाजिक सुरक्षामा ध्यान दिएको विषय , रोजगारी वृद्धि र नेपालमै रोजगारी सृजना गर्ने कुरा , स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने कुरा राम्रा पक्ष हुन् । सबै राष्ट्र सेवकको कोरोना बिमा,बिदेशमा अलपत्र नेपालीलाई नेपाल ल्याउने ब्याबस्था,स्वास्थ्यकर्मी प्रोत्साहन । निजी अस्पतालमा कार्यरत डाक्टर साबहरुले अनिवार्य सरकारी संस्थामा समेत काम गर्नु पर्ने ,भूमि बैंक र कृषि उत्पादन अगावै समर्थन मूल्य,आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्न राष्ट्र सेवक देशाटन कार्यक्रम,राष्ट्रसेवकले प्रयोगमा ल्याउने पोशाक र जुत्ता स्वदेशमा उत्पादन बजेटले अगाडि सारेका राम्रा पक्ष हुन ।

कुन– कुन कुरा बजेटले समेटेको भए हुन्थ्यो ?

कृषिमा जुन ढंगले बजेटले सम्बोधन गर्नु पर्थ्यो त्यो हुन सकेन । हामीले यो बर्ष खर्च कम गर्न ५० अर्बको खाद्यन्य आपूत्र्तिमा रोक , हामीलाई पुग्ने खाद्यान्न उत्पादनमा जोड दिइनु प¥थ्यो । बजेट यस दिशामा केन्द्रिय हुन सकेन ।

बजेट हुवहु कार्यान्वयन हुन सक्ला ?

बजेट महत्वकाक्षी छ । आर्थिक वृद्धि दरको अनुमान मतत्वकाक्षी भएका कारण बजेट पूरा हुन गाह्रो छ । यस बर्षको संचितीका कारण थोर बहुत ब्याबस्थापन गर्नु पर्ने हुन्छ । सरकारी कर्मचारीको हैसियतले बजेट र सरकारको आलोचना त मैले के गरौ र । तर, बजेट कार्यन्वयनमा थुप्रै चुनौति छन् । बजेटलाई कार्यन्वयन गर्ने सन्यन्त्र कर्मचारी प्रशासन र राजनीति बीचमा तालमेल छैन । कर्मचारीले राजनीतिलाई र राजनीतिले कर्मचारीलाई हेर्ने दृष्टिकोणमा फराकिलो दायरा छ । दुबैले भरोसा गर्न नसकिरहेको र शंकाको दृष्टिबाट हेरिरहेको अवस्था छ । सरकारको कार्य यसलाई साघुरो बनाउने हुनु पर्ने हो त्यो हुन सकेको छैन । प्राथमिकतालाई १.२.३ भन्न सकिनरहेको कता कता हराए झै लाग्छ । यो ठीक त्यो पनि ठीक हुन सक्दैन । धेरै ठाउँमा लक्ष्य तोक्ने पनि जहाँ लागेपनि मेरो निशाना हो भन्ने जस्तो देखिन्छ ।

महामारीको यो क्षणमा अहोरात्र खट्ने कर्मचारीलाई कुन रुपमा हेर्नू भएको छ ?

बास्तबमा यो कठिन परिस्थितिमा कर्मचारीले देखाएको कार्य सम्पादन को स्तर गर्व गर्न लायक छ । केवल कागजी मास्क र पन्जाको भरमा स्वास्थ र सुरक्षा र बिकासका कार्य कर्मचारीबाट सम्पन्न भै रहेका छन् । व्यस्थापनका हिसाबले माथि बसेर कार्य गर्ने भन्दा सेवा प्रवाहको स्तरमा काम गरिरहनु भएका स्वास्थ र सुरक्षा र अन्य सेवाका कर्मचारी साथीहरू को लगनशीलतालाई सम्मान ब्याक्त गर्दछु ।

कोभिडका कारण कोही कर्मचारी संक्रमित त भएका छैनन् ? अनि काममा चुनौति कतीको छ ?

हामीले नागरिक समुदायलाई लकडाउन जीवन रक्षाकालाई अपनाइएको अप्रिय कदम हो भन्ने कुरा बुझाउन कतै कमजोरी गरिरहेका छौ । खुला नाकाबाट निर्वाध आवत जावत भै रहेको छ । भित्रिएका नागरिक क्वारेन्टाइनमा इमानदारीका साथ बस्ने र सतर्कता अपनाउने देखिएको छैन । समाज जुन ढंगले सचेत हुनु पर्ने हो त्यो देखिन्न । यस्तो अबस्थामा हरेक सग सबै त्रसित हुनु पर्ने अवस्था छ । सुरक्षाका न्यूनतम भन्दा पनि कम साधनको भरमा सेवा प्रवाह गर्नु चुनौति पूर्ण विषय हो । पालो प्रणालीमा सेवा प्रवाह गर्ने र न्युनतम सुरक्षा का सामाग्री उपलब्ध गराउने , अत्यावश्यक बाहेकका भरे भोलि पनि गर्दा हुने काममा दवाब नदिने, कुरामा सरकार र नागरिक समुदाय र स्वयं सेवाग्राही गम्भीर हुन अवस्था छ ।

अन्त्यमा ः

सरकार कस्तो छ भन्ने विषय त्यहाँका कर्मचारी कस्ता छन् भन्ने कुराले निर्देशित गर्दछ । तसर्थ सरकार राम्रो , नेता राम्रो कर्मचारी नराम्रो हुनै सक्दैन । कर्मचारीको मनोबल कमजोर परेर , लुरे र निम्छरो मानसिकता बाट गरिएको सेवा प्रवाहले सरकारले आफनो लक्ष्य पूरा गर्न सक्दैन । यो बिज्ञान नै हो । यस तर्फ अलि बढी सरकार गम्भीर हुने नागरिक समुदाय र सेवाग्राही सचेत हुने कुरा मा सबैले खवरदारी गरौ । हामी अधिकार मात्रै होइन कर्तव्य प्रति पनि सचेत र गम्भीर छौ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here