गला रेट्दै गरेको भिडियो खिच्ने र पोष्ट गर्नेलाई कारबाही हुने

0
1037

मोरङ,

मोरङस्थित बेलबारीमा १५ जेठमा आमाको हत्यापछि छोराले आत्महत्या गदैं गरेको बीभत्स भिडियो सामाजिक सञ्जालमा फैलिएपछि मोरङ प्रहरीले त्यस्ता भिडियो अपलोड गर्नेलाई कारबाही गर्ने भएको छ ।

धारिलो छुराले आफ्नै गला रेट्दै गरेको भिडियो अहिले युटुव, फेसबुक र टिकटकमा जताततै भेटिन थालेको छ ।

भिडियो सामाजिक सञ्जालमा आएपछि प्रहरी प्रधान कार्यालय नक्सालको ध्यानाकर्षण भएको थियो । स्वयम प्रहरी प्रमुख आइजिपी ठाकुर प्रसाद ज्ञवालीले त्यस्तो भिडियो अपलोड गर्नेलाई कारबाहीको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय मोरङलाई निर्देशन दिइएका हुन् ।

अहिले मोरङ प्रहरीले उक्त भिडियो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने सबैको विवरण सङ्कलन गदैंछ । प्रहरीले भिडियो खिच्ने र सामाजिक सञ्जालमा हाल्ने सबैलाई पक्राउ गर्ने जनाएको छ ।

भिडियोमा आत्महत्या गर्ने व्यक्तिले छुराले गला रेट्दै गरेको दृश्य कैद गरिएको छ । जसमा अन्य केही व्यक्तिले पनि सो घटनाको भिडियो बनाएका थिए ।-अपराध न्यूज डटकमबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here