प्रहरी हिरासतबाट फरार यादव पक्राउ

0
886

लहान,

सिरहाको महेशपुर पतारीस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रतिबन्धित लागुऔषध मुद्दाका फरार प्रतिवादी सिरहाको लहान नगरपालिका–२२ का ३१ वर्षीय रामअशिष यादव रहेको छ ।

गत मङ्सिर १४ गते इलाका प्रहरी कार्यालय महेशपुर पतारीको हिरासतकक्षबाट फरार यादव सिरहा नगरपालिका–१५ स्थित ससुराली घरमा लुकीछिपी बस्दै आएको प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

यादवसँगै प्रहरी हिरासतबाट फरार अन्य व्यक्ति यसअघि नै पक्राउ परिसकेको जनाएको छ । पक्राउ परेका यादव हिरासतबाट भाग्न उक्साउने मुख्य योजनाकार रहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here