ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु

0
864

ईलाम ।

ईलाम नगरपालिका–१ साकेजुङका ३२ बर्षीय योगेस मगरको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ ।

आज दिउँसो पौने २ बजे ईलाम साखेजुङ भित्री सडकखण्डमा मे १ त ४१०३ नम्बरको ट्याक्टर ढुंगा लिन जाने क्रममा बाटोदेखी अन्दाजी ३० फिट तल खस्दा ट्याक्टर चालक मगर गम्भिर घाईते भएकोमा उनलाई उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

सोही ट्याक्टरमा रहेका निमा शेर्पा र आकाश राई घाईते भएकोमा उनिहरुको जिल्ला अस्पताल ईलाममा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here