खोपको पहुँचदेखि बाहिर रहेकाले बालबालिकालाई खोप केन्द्र सम्म पुर्याउन आग्रह

0
1020

लक्ष्मी उप्रेती / काँकरभिट्टा, 

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्र्रेतीले हरेक बालबालिकालाई खोप लगाउनका लागि अभिभावकहरुले आफ्ना बच्चालाई खोपकेन्द्रसमम पुर्याउनु पर्ने बताउनुभएको छ । मेचीनगरक्षेत्रका बालबालिका अझै खोपको पहुँचदेखि बाहिर रहेकाले ती बालबालिकाहरुलाई खोपकेन्द्र सम्म पुर्याउनका लागि पनि आग्रह गर्नुुभएको छ ।

सोमबार नगरपालिकाको सभाकक्षमा छुट बच्चा खोजी सम्बन्धि भएको खोप कार्यकर्ताहरुसँगको नगरपालिका स्तरीय अभिमुखिकरण एवम् अन्तरक्रियामा बोल्दैं उहाँहरुले यस्तो बताउनुभएको हो । नगरपालिकाले नगरक्षेत्रभित्रका खोप लगाउन उमेर पुगेका कोहि बालबालिका खोप लिनबाट छुटेका भए अहिले महिला स्वयम्सेविका स्वास्थ्यकर्मीहरु हरेक गाउँ टोलमा परिचालन गरेकाले उनीहरुलाई पूर्णरुपमा सहयोग गर्न टोल विकास संस्था, राजनीतिक दल, विभिन्न संघ संस्था, अधिकारकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायत प्रत्येक नगरवासीमा प्रमुख र उपप्रमुखले अनुरोध समेत गर्नुभएको छ ।

खोप पाउनु हरेक वालवालिकाको नैसर्गिक अधिकार भएकाले हरेक अभिभावकले आफ्ना बालबालिकालाई खोपकेन्द्रसम्म पुर्याएर खोप लगाउनु अभिभावकहरुको मुख्य कर्तव्य भएको नगरप्रमुख आचार्यको भनाई थियो ।

पूर्णखोप सुनिश्चीतता तथा दीगोपना कायम राख्न तथा भावी दिनमा आउने महामारी रोगबाट बच्न पनि खोेप आवश्यकता भएकाले प्रत्येक बच्चालाई खोप लगाउनबाट कसैले पनि बञ्चित गर्न नहुने प्रमुख आचार्यको भनाई थियो । सरकारले खोपलाई उच्च प्राथमिकतामा राखेका कारण सरकारी लक्ष्य पुरा गर्न हरेक समुदाय लाग्नुपर्ने उहाँको तर्क थियो । प्रमुख आचार्यले हरेक वर्ष सञ्चालन हुने राष्ट्रिय खोप कार्यक्रम दादुरा रुबेला, पोलियोलगायत सवै प्र्रकारका खोप अभियानमा सहभागी हुन आम नगरवासीमा आग्रह समेत गर्नुभएको छ ।

प्रमुख आचार्यले दादुरा रुबेला खोपका लागि ९ महिनादेखि ५ वर्षमुनिका तथा पोलियो खोपकालागि जन्मेदेखि ५ बर्षमुनिका बालबालिका लक्षित समूह भएकाले हरेक नगरवासीहरुले ती लक्षित समुदायलाई नजीकको खोपकेन्द्रसम्म पुर्याउन सहयोग गर्नुपर्ने बताउनुभयो ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले कार्यक्रमकोे सभापतित्व गदैं खोप लगाउन छुटेका हरेक बच्चालाई खोपकेन्द्र सम्म लगेर खोप लगाउन आग्र्रह गर्नुभयो । उहाँले खोप लिनबाट कुनै पनि बालबालिका छुट्न नहुने धारणा राख्नुभयो ।

नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दैं उपप्रमुख उप्रेतीले अहिले बजारमा जसरी खोपका बारेमा नकरात्मक प्रचारहरु आइरहेका छन् त्यसको पछि नलागेर सवैले आफ्ना बालबालिकालाई समयमै खोपकेन्द्रमा लगेर खोप लगाउन समेत आग्रह गर्नुभयो । चेतना र शिक्षा अभावका कारण अहिले पनि खोपलिनबाट धेरै बालबालिका बञ्चित भएकाले स्वास्थ्यकर्मी र महिला स्वयम््सेविकाहरु खोपलिनबाट छुटेका बालबालिका खोज्दैं हरेकका घर गाउँ टोल छिर्ने बताउनुभयो । देशको यस्तो विषम परिस्थितीमा आफ्ना घर आगनमा आउने स्वास्थ्यकर्मी र महिला स्वयम््सेविकाहरु सवैले आ आफ्नोक्षेत्रबाट सहयोग गर्नुपर्ने धारणा उहााले राख्नुभयो ।

शाखाका सहसंयोजक रामनारायण यादवले बालबालिकाहरुमा खोेपको कतिसम्म महत्व छ त्यस विषयमा प्रकाश पादैं अझै पनि मेचीनगरभित्रका १ हजार ५२ जना बालबालिकाले पूर्ण खोप नलिएको जानकारी गराउनुभयो । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले १ वर्षमूनिका २ हजार ७ सय ६४ जना बालबालिकालाई खोप लगाउन स्वास्थ्य शाखालाई लक्ष्य दिएको भएपनि १ हजार १२ जना बालबालिकाले मात्र पूर्ण खोप लिएको सह संयोजक यादवले जानकारी गराउनुभयो ।

नगरको धुलावारी प्राथमिक स्वास्थ्य केन्द्र, दुहागढी, धाइजन, बाहुनडाँगी, ज्यमिरगढी र काँकरभिट्टा स्वास्थ्य चौकीबाट खोपसेवा प्रदान गरिदैं आएको आएको छ । तर, धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रबाट शतप्रतिशत बालबालिकाले खोप लिएका छन् भने अन्य स्वास्थ्य संस्थाबाट ड्रप आउटको संख्या निक्कै छ । कार्यक्रममा सहभागी सवैलाई शाखाका संयोेजक शशीकला राईले स्वागत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here