यसरी गरौं कपाल र दाह्रीको स्याहार र हेरचाह

0
935

निलडेविड कटुवाल : हेयर एक्सपर्ट

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न नेपालमा गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ । नेपालीहरु पनि घरमै वसेर लकडाउनको पालना गरिरहेका छन् । लकडाउनको समयमा घरमा वस्न वास्तवमै गाह्रो हुन्छ । लकडाउनको यो समयमा सैलुनहरु समेत वन्द भएर कपाल र दाह्री काट्न नपाएर मानिस हैरान भएका छन् । यस्तो समयमा कपाल र दाह्रीको स्याहार कसरी गर्ने भनेर मानिस चिन्तित भएका छन् ।

अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका नेपालका चर्चित हेयर एक्सपर्ट निलडेविड कटुवालले लकडाउनमा कपाल र दाह्रीको स्याहार गर्ने तरिकाको वारेमा यस्तो सुझावहरू दिएका छन् ।

कपालको हेरचाह र सुरक्षा

१. जब तपाईं कतै गएर घर फर्कनुहुन्छ तब आफ्नो कपाल राम्ररी श्याम्पुले धुनुहोस् ।

२. यदी तपाईं ‘कपाल मास्क’को प्रयोग गर्नुहुन्छ भने परिवर्तन गरिरहनुपर्छ । तपाईंको कपाल स्वस्थ र चिल्लो राख्न तथा सुक्खा हुन नदिनको लागि नरिवलको तेल प्रयोग गर्नुहोस् ।

३. यदि तपाईको कपाल कलर गरिएको छ भने तातोपानी वा ताताकपाल स्टाइलिंग सामग्रीबाट बँच्नुहोस् । यसले रंगलाई लामो समयसम्म टिकाइ राख्न मद्दत गर्दछ ।

४. लामो कपालकालागि हप्तामा तीनपटक श्याम्पु र हप्तामा तीनपटक ओयल मसाज गर्ने शर्त पक्का गर्नुहोस् ।

५. घरमा हुँदा तथा काममा व्यस्त हुँदा तपाईंको कपालमा चायाँको विकास हुन सक्छ । त्यस्तो छ भने दुई दिनको अन्तरालमा कपाल धुनुहोस् र मनपर्ने घरेलु उपचार गर्नुहोस् । यसमा मेथीको धुलो, अण्डाको सेतो भाग, एप्पल साइडर सिरका प्रयोग गर्न सकिन्छ । यसको फ्रिजिनेसलाई पनि रोक्न मद्दत गर्दछ ।

६.कपालमा पटक पटक काइँयो या ब्रश प्रयोग गरिरहनु हँुदैन् । विशेष गरी तपाईंको कपाल िचसो भएको बेला ब्रश नगर्नुहोस् । यसले कपाल झर्ने समस्यालाई दोब्बर बनाउँछ ।

दाह्रीको हेरचाह र सुरक्षा

१. दैनिक धुने

दाह्रीले धूलो र तेल छिटो टिप्ने हुनाले यसलाई दैनिक स्याम्पु वास गर्नु जरुरी छ । दाह्रीको लागि बनेको ब्वाइज बेयर्ड स्याम्पुद्धारा दाह्री धुनुपर्छ । जुनपायो त्यहीं स्याम्पू प्रयोग गर्नाले छालामा असर पुर्याउंछ ।

२ दैनिक ब्रश गर्ने

बिहाननुहाएर सुख्खा भइसकेपछि दाह्री ब्रश गर्नुपर्छ । यसले दाह्रीको राम्रो केयर गर्नुका साथै रक्तसञ्चारमा पनि मद्धत पुग्छ र सुख्खा हुनबाट समेत बचाउँछ ।

३. तेल मालिस गर्ने

दाह्रीको लागि बजार या सलुनमा विभिन्न प्रकारका तेल उपलब्ध छन् । दाह्रीमा दैनिक या दिन बिराएर तेल मालिस गर्दा चम्किलो, मुलायम र आकर्षक देखिन्छ ।

४. बाम लगाउने

धैरैलाई थाहा नहुन सक्छ, बेयर्ड बाम दाह्रीको लागि धेरै थोक हो । साथै मोस र जेल पनि दाह्रीको स्टायलिङका लागि उपयुक्त प्रसाधन हुन् ।

५. दाह्री ट्रिम गर्ने

समयसमयमा दाह्री ट्रिम गर्न जरुरी छ । यसले दाह्री मेन्टेन गर्नुका साथै ग्रोथमा पनि सघाउँछ । ट्रिम गर्नाले दाह्री सफा र हाइजेनिक देखिन्छ । आफूलाई स्वस्थ र सफाचटको महसुस हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here