डाँडागाउँमा बन्ने भो आधारभूत स्वास्थ्य चौकी

0
1216

झापा, बाह्रदशी गाउँपालिका – ७ स्थित डाँडा गाउँमा स्वास्थ्य चौकी निर्माण प्रारम्भ भएसंगै त्यस क्षेत्रका स्थानीयवासी हर्षित बनेका छन् ।
विकासका दृष्टिकोणले समेत पछि परेको त्यहाँका सर्वसाधारण उपचारका लागि यस अघि कनकाई नगरपालिकामा रहेको सुरुङ्गा प्राथमिक स्वास्थ्य चौकी जाने गरेका थिए । गाउँपालिका – ७ स्थित डाँगीवारीमा स्वास्थ्य चौकी रहेपनि विरिङ खोलाका कारण त्यस क्षेत्रका सर्वसाधारण सामान्य उपचारका लागि समेत कनकाई नगरपालिका धाउन बाध्य थिए । स्थानीय समाजसेवी डम्वरवहादुर निरौलाको स्मृतिमा उहाँको परिवारले आधारभूत स्वास्थ्य चौकी निर्माणका लागि डेढ कठ्ठा जमिन प्रदान गरेपछि डाँडागाउँमा आधारभूत स्वास्थ्य चौकी निर्माण थालिएको स्थानीय भीम बस्नेतले बताउनुभयो ।
४१ लाख ५५ हजार ९ सय २९ रुपैयाँ २८ पैसाको लागतमा निर्माण शुरु गरिएको स्वास्थ्य चौकीको शिलन्यास आज वाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले गर्नुभयो । आधारभूत स्वास्थ्य चौकीको भवन शिलन्यास गर्दै गाउँपालिका अध्यक्ष राजवंशीले वाह्रदशी गाउँपालिकामा प्रत्येक वडामा स्वाथ्य चौकी निर्माण गर्दै सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिका लागि परेको बताउनुभयो । उहाँले अहिले गाउँपालिकाको वडा नम्वर १ स्थित भागुडुब्बा र वाह्रदशी ७ स्थित डाँडा गाउमा एकै पटक दुई वटा आधारभूत स्वास्थ्य चौकी निर्माण शुरु भएको जानकारी दिनुभयो ।
यस अघि वाह्रदशी ६ मा स्वास्थ्य चौकी निर्माण भइसकेको छ भने वडा नम्वर ५ मा पनि स्वास्थ्य चौकी निर्माण भइरहेको गाउँपालिका अध्यक्ष राजवंशीले बताउनुभयो ।
२०७७ पुस ९ गते निर्माण सम्पन्न गर्ने गरी समता÷ नेपाल पूर्वाधार जेभी बिर्तामोडले भवन निर्माणको काम शुरु गरेको छ । आफ्नै ठाउँमा स्वास्थ्य चौकी बन्दा बुढेसकालामा सहजता हुने भन्दै आफूले स्वास्थ्य चौकी निर्माणका लागि जमिन प्रदान गरेको वुद्धिमाया निरौलाले बताउनुभयो ।
वाह्रदशी गाउँपालिकाको वडा नम्वर ७ लाई विरिङ खोलाले दुई भागमा विभाजन गरेपछि डाँडा गाउँका सर्वसाधारण कनकाई नगरपालिकाको सुरुङ्गासम्म स्वास्थ्य सेवा र अन्य कामका लागि जाने गरेका छन् । गाउँपालिकाका अध्यक्ष राजवंशीको विशेष पहलमा संघीय सरकारमार्फत वजेटको व्यवस्थापन गर्दै स्वास्थ्य चौकी निर्माण शुरु भएसंगै त्यस ठाउँका नागरिकले अब आफ्नै ठाउँमा स्वास्थ्य सेवा लिन सक्ने वाह्रदशी गाउँपालिका – ७ का वडा अध्यक्ष मित्र भट्टराईले बताउनुभयो ।
कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण मुलुक लकडाउनमा भएपनि आफ्नो ठाउँको विकास निर्माणका काममा गाउँपालिकाले विशेष पहल गरिरहको भन्दै त्यस क्षेत्रका स्थानीयले सहयोग पु¥याउँदै आएका छन् । वाह्रदशी गाउँपाकिलामा अहिले विकास निर्माणका कामले तीव्रता पाएको छ ।

इ पेपर हेर्न यहाँ क्लिक गर्नुहोस् । https://purwanchaldaily.com/wp-content/uploads/2019/06/20-gate-PDF.pdf

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here