लकडाउनमा पनि बुधबारे जेसीजको सकृयता, थप १ दर्जन बिपन्न परिवारलाई खाद्यान्न वितरण

0
1029

बुधबारे ।

“मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो” भन्ने भनाईलाई आत्मसात गर्दै बुधबारे जेसीजले कोभिड १९ (काेराेना भाइरस ) नियन्त्रणका लागि गरिएको लक डाउनको समयमा विभिन्न पराेपकारी काम गरिरहेको छ ।

हालै स्थानीय निकायको समन्वयमा बुद्धशान्ति-१ का १३ बिपन्न परिवारलाई आधा महिना पुग्ने खाद्यान्न वितरण गरिएको बुधाबारे जेसीजका अध्यक्ष जेसी नन्दकुमार याफु राईले बताउनु भयो ।

लकडाउनको समयमा बुधबारे जेसीजले बैशाख २० गते करेन्ट लागेर ज्यान गुमाएका बुद्धशान्ति १ का पदमलाल (तारा) गड्तौलाको परिवारका लागि घर निर्माण गर्न ३२ हजार आर्थिक सहयाेग गरेको छ । त्यस्तै बुद्धशान्ति १ भाेटेटारकि एक सुत्केरी महिलाको परिवारकाे आर्थिक अवस्था नाजुक भएपछि सो परिवारलाई ७ हजार मुल्य बराबरकाे खाद्यान्न, पौष्टिक खानेकुरा, एक महिना सम्मलाई गाईकाे दुध उपलब्ध गराएकाे बुधबारे जेसीजका अध्यक्ष नन्दकुमार याफु राईले बताउनु भयो ।

बुधबारे जेसीजले बुद्धशान्ति गाउँपालिकामा ३१ हजार बढी आर्थिक सहयोग, स्वास्थ्यकर्मीलाई पिपिइ उपलब्ध, १८ पत्रकारलाई मास्क, सेनिटाइजर, ग्लोभ वितरण, तीन चरणमा २ दर्जन परिवारलाई आधा महिना पुग्ने खाद्यान्न वितरण, विभिन्न १० बढी स्थानमा हात धुने धारा जडान, रक्तदान लगायतका कार्यक्रम गरेको बुधबारे जेसीजका महासचिव दिपेन सिटाैलाले बताउनु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here