केदारनाथ अधिकारी (केशव अधिकारी)
संभवत म सानो हुदो हु, मेरा बुबा–आमा पेशाले किसान हुनुहुन्थ्यो । उहाँहरू अरुको अँध्या खेती (सम्पुर्ण उब्जनी तथा खर्च साहु तथा किसानले बराबर गर्ने सम्झौता गरी गरिने खेती ) बर्षभरि मेहेनत र परिश्रम मेरा बुबा–आमाले गर्नुहुन्थ्यो । आफू पसिना बगाउनु हुन्थ्यो अनि उब्जनी चाहिँ आधा–आधा बाड्नु हुन्थ्यो । म बिचार गर्थे कस्तो हतास हुने सम्झौता होला जहाँ मेहेनत एकको हुने अनि जसबाट हुने उब्जनी भने अर्कोले समेत प्राप्त गर्ने । म मन मनै सोच्थे, जब म ठूलो हुन्छु केही पैसा कमाउने हुन्छु यो सम्पुर्ण दुःख र हतास सम्झौताबाट मेरा बुबा–आमालाई निकाल्छु ।
म त्यो बाल्यकालमा त्यहाँ त्यो देख्दा सम्झिन्थे कि म पछि ठूलो भएर पैसा कमाएर खेती योग्य जमिन ब्याज मरनी (केही रकम जाकडि स्वरुप जग्गा धनीलार्इ दिने जसको कुनै ब्याज नपाउने र सम्झौता अनुरुपको समय बितेपछी जग्गाधनीले रकम फिर्ता गर्नुपर्ने र किसानले खेती गर्दै आएको जमिन पनि फिर्ता गर्न पर्ने) हालेर बुबा–आमाले गरे झै खेती गर्ने छु । मेरा बुबा–आमा पनि खुसी हुनु हुनेछ अनि साथै म पनि अनि मैले मलाइ हुर्काउन उहाँहरुले गरेको त्याग समर्पणको कदर गर्नेछु । मलाइ हुर्काउन बढाउन उहाँहरुले गर्नु भएको ती सम्पुर्ण सकस लाई सुखद क्षणमा बादल्ने छु । जहाँ सम्पुर्ण मेहेनत र खर्च आफ्नो हुने त उब्जनी पनि, बुबा–आमा साथै म पनि खुसी अनि सन्तुष्ट हुने छु ।
जब म १५ पुगेर १६ लागदै प्रविणता तह (एसएलसी) पास गरे तब घरको अभावले भनम यात आफ्नै रहरले भनम् नजिकैको शहरमा शिक्षक पेशामा रहि जागिर गर्न थाले। जब म पैसा कमाउन थाले । तब मैले बाल्यकालमा सोचेको कुरा पूरा गर्ने अवसर पाउने भए भनी खुसी भए जहाँ सम्पुर्ण मेहेनत र परिश्रम मेरा बुबा–आमाले गर्नुहुनेछ, लागेको सम्पुर्ण खर्च पनि ब्यहोर्नु हुनेछ र जसबाट उब्जाउ हुनेछ त्यो सम्पुर्ण उब्जनी आदि–आदि नगरी सबै आफ्नै घरको ढुकुटीमा थन्काउनु हुनेछ ।
जब म जागिर गर्न थाले बाल्यकालमा मैले ननिदाइ देखेको त्यो सपना पूरा गर्न मैले कमाएको केही रकम अत्यावश्यक आवश्यकता पूरा गरेर अन्य खर्च खर्चै नगरी राख्न थालेको थिए । केही रकम जोगाड गर्दैथिए । जागिर गरेको करिब २ बर्ष भइ ३ बर्ष पनि बित्नै लाग्दा मैले अर्को ठाँउमा विभिन्न आरोह–अवरोह पार गर्दै सम्पुर्ण प्रक्रिया पु¥याई स्वतन्त्ररुपमा लिखित तथा मौखिक परीक्षा दिई पढाई अनुसारकै बैंकमा जागिर पाँए ।
तब त्यहाँ यता तलबमा अनि साथ–साथै मैले बाल्यकालमा देखेको त्यो सपनामा पनि एकाएक परिवर्तन आयो । जहाँ मैले उब्जनीका लागि गरिने मेहेनत , लाग्ने परिश्रम, खर्च र फलस्वरूप त्यसबाट उब्जाउ हुने सम्पुर्ण उब्जनीको तुलना गरे । सानोमा त खेती किसान गरेर आर्थिकरुपमा सबल बन्ने, ती अत्यावश्यक आवश्यकतादेखि बाहेकका मेरा अनि परिवारका अन्य आवश्यकता समेत पूरा गर्ने सामर्थ्य राख्न सक्षम हुने भनी लक्ष्य बनाएको थिए र पूरा गर्ने दृद संकल्प पनि !
तर यहाँ आइपुगेर थाहा भयो कि खेती किसान गरेर अर्थिकरुपमा सबल तथा सक्षम हुन त धेरै गाह्रो रहेछ । त्यस्ता ब्यक्ति र परिवार त भेट्न गाह्रो रहेछ । भेटिएपनि आँउम्लाले गन्न सकिदो रहेछ । जसले मेरा यसदेखि बाहेकका अन्य सपनामा तुसारापात ल्याउने रहेछ । खेती किसानी त केबल ब्यबासायिकरुपले गरे केही मुनाफा निकाल्न सकिने पेशा रहेछ जहाँ औशतले मात्र सफलता हासिल गर्दा रहेछ ।
मेरा योजनालाई सर्थक तुल्याउन सकिने हेतुले केहि सल्लाह तथा सुझावको आशा स्वरुप आफ्नो बिचार सुनाउदा बिगत केही समय अघि चिया गफमा सगै को दौतरी साथीले भनेका थिए । ‘साथी व्यावसायिक योजना बनाउनुस खेती किसान गरेर आज सम्म कोही अर्थिकरुपले सबल अनि सक्षम भएको छैन । घर ब्यबहार चलाउन त कुनै सकस नहोला र नपर्ला तर खैर तपाईंले देखेको त्यो सफलता र सबलता अनि बाकी रहेका अन्य सपना भने पक्कै पूरा गर्न सक्नु हुने छैन ।’
आज यहाँ यसरी नाफा नोक्सानको हिसाब गरिरहँदा पो थाहा पाए खेती किसान भन्दा अब्बल त व्यावसायिक पेसा रहेछ जहाँ मेरा बुबा–आमा अनि मैले खेती किसान गर्दा भन्दा बढी सन्तुष्टि पाउने रहेछौ । जहाँ मैले केहि सहयोग गरे मेरा बुबा–आमाले आफू भौतिक श्रम नगरी केही मानसिक श्रमबाट आफू सन्तुष्ट बन्न सक्नु हुने रहेछ ।
अब थाहा पाउदैछु, त्यहाँ जब म सानू थिए मेरा बुबा–आमा छर–छिमेकी त केही साथीहरुका बीचमा सिमित थिए । म त्यही वातावरणमा हुर्किदै रहेको थिए । जहाँ मलाइ ती अनि त्यस्तै सोचले गाज्दै आएको रहेछ । आफू तिर आकर्षित गर्दै आएको रहेछ । तर आज म अलिक फरक भएको छु । मेरा मनसपटलमा खेल्ने कुराहरु परिवर्तन भएका छ्न । ति मेरा वरिपरि भएका केही ब्यक्ति अनि रहेका सम्पुर्ण वातावरण परिवर्तन भएका छ्न् ।
आज म ब्यपारिक योजना बनाउछु । ब्यक्तिगत भाइचाराको विकास तथा सम्बन्ध बिस्तारमा जोड दिन्छु । मेरा बुबा–आमालाई खेती योग्य जमिनमा ब्याजमरनी हाल्न हैन व्यावसायिक कार्य गर्न सुल्झाउछु र सहयोग गर्छु । उहाँहरूलाई भौतिक कार्य भन्दा मानसिक कार्य मा जोड दिन अग्रह गर्छु ।
तसर्थ साथी हो, सपना पूरा अनि सफलता निश्चित छ, बस प्रयास गर्नुस्। आफुलार्इ राम्रा, असल, सकारात्मक भावना र विचार राख्ने मानिस तथा वातावरणमा समर्पित गर्दिनुस् । जसबाट नयाँ सोच तथा कार्यको थालनीका लागि उत्प्रेरणा साथै उर्जा मिल्दै तपाईं हामीमा सद्बुद्दीको विकास होस् ।
नोटः यो पाठकहरुमा सकारात्मक उत्प्रेरणा साथै कार्य गर्न थप उर्जा मिल्ने छ भन्ने हेतुले म आफैंलाई उदाहरण दिई लेखिएको बिशुद्द काल्पनिक लेख हो । कसैको जिबनमा मेल खाएमा क्षमा प्राथी छु । धन्यवाद !