फेसवुकको प्रयोग कि दुरुपयोग

0
1570

दिपेन्द्र राउत,

विहान उठेसँगै राति अबेरसम्म फेसवुकमा दिन बित्ने गर्दछ । एनिर्र्भसरी र जन्मदिनको शुभकामनाले फेसबुक भरी नोटिफिकेसन आएको हुन्छ । सवैलाई जन्मदिनको, म्यारिज एनिर्भसरीको शुभकामना टाइप गरेर पठायो । शुभकामनाका सन्देश सबैलाई दिनै प¥यो न खरिद गर्नुपर्ने न बजार जानुपर्ने कपीपेष्ट गर्दा पनि हुने । भएन, फेसवुकले नै पनि दिन्छ । विहानको उठाईसँगै फेसबुक चलाउन हातमा मोवाइल हुन्छ । चिया खाँदै सबैलाई शुभकामना दिँदै चियटा पिउँदै ग¥यो । कोरोनाको अपडेट पनि मोवाइलमा नै आउँछ । घरमा ममी छोराछोरी श्रीमती सबै मोवाइलमा नै व्यस्त भइन्छ ।

फेसबुक हेर्न थाल्यो मोवाइलको स्क्रीन चोर औलाले माथि सा¥यो । निरन्तर सा¥यो स्क्रीनमा विभिन्न साथीहरुको फोटा विभिन्न गतिविधि आको आई गर्छ । चोर औलाले माथि सार्दा सार्दा गल्छ होला ! आँखा टटाउँछ होला ! मुन्टो दुख्न थाल्छ तर फेसबुकमा साथीभाइको गतिविधि आएको आइ गर्छ । कसैले जोक हालेका हुन्छन् त कसैले सरकारको विरोध त कसैले देशको सीमा अतिक्रमण त कसैले बधाई शुभकामना त कसैले कविता त कसैले गजल, कसैले रिस त कसैले प्रतिशोध सबैले केही न केही त हालेकै हुन्छन् । त्यसैगरी सबै जना हेरेको हेरेई हो फेसबुकमा । चलाको चलाई हो फेसवुक । कसैसँग च्याट ग¥यो कसैसँग भिडियो कल ग¥यो । मानिसको मानसिकतामा धेरै कुरा भुल्न सक्छौ तर फेसवुकले सम्झना दिलाउँछ ।

टीभी, रेडियो, समाचार, मनोरञ्जन, पत्रिका सबै यसै फेसबुकमा भेटिन्छ । आँखा दुखे जस्तो हुन्छ, हात गले जस्तो हुन्छ, अनि एकछिन् मोवाइल राख्यो अन्य कतै भुलिन खोज्यो मोवाइलमा नोटिफिकेशन आउँछ अनि फेरी मोवाइल तानी हाल्यो हेर्न थालिहाल्यो । श्रीमती भित्र एक्लै के गर्दैछिन् होला भनेर हेर्दा मोवाइलमा नै झुण्डिएकी हुन्छिन् । छोरी खाटमा डल्लो परेकी हुन्छिन्, मोवाइल हेर्दै छोरा पनि त्यही चाला । सबै आफ्नो फोन, ट्यावमा नै मस्त । न कुनै काम छ, न कुनै काम गर्नु । एउटा तस्वीर फेसबुकमा पोष्ट ग¥यो गटङ्टङ लाइक कमेन्ट आउँछ । न पढनु प¥यो न दिमाग लगाउनु प¥यो अर्कोको कमेन्ट कपीपेष्ट ग¥यो यस्तैयस्तै छ फेसवुकको हाल । लाइक कति आयो कमेन्ट कति आयो दिनभरि हे¥यो बस्यो यस्तै छ फेसबुकको चाल । सबैले लाइक खोजेका छन् । कमेन्ट खोजेका छन् । लाइक गनेका छन्, कमेन्ट गनेका छन् । लाइक र कमेन्ट नै जिन्दगी बनाएका छन् । फेसवुकमा फलो गरेका छन् । जिन्दगीको फलो फेसवुकमा गरेका छन् । जिन्दगी फेसबुक हैन् । जिन्दगी लाइक कमेन्ट फलोभन्दा पनि बढी महत्वपूर्ण छ । फेसवुकको नेपाली रुपान्तरण मुहार पुस्तिका भन्ने भएता पनि जीवन बुक नबनाऔं ।

जीवनमा यति धेरै फोटा सायदै फेसवुक थिएन भने खिचिँदैन थियो होला । लाइक गनिँदैन थियो होला कमेन्ट गरिँदैन थियो होला । अनि आफ्ना कुरा सायदै अरुलाई देखाइँदैन थियो होला । हिजो नदेखाउने हाम्रो समाज आज हरेक गतिविधि देखाउँदा रमाइलो मान्ने भएको छ । आफन्तको लाइक कमेन्टभन्दा पराइको लाइक कमेन्टमा रमाउने भएका छौं । श्रीमतीको फोटो अपलोड नगर्दा श्रीमती रिसाउँछिन् । आमाको फोटो अपलोड नहुँदा आमा रिसाउने । साथीभाइको फोटो अपलोड नहँुदा साथीभाई रिसाउने । लाइक कमेन्ट नगर्दा असामाजिक हुने जमाना भएको छ । जमाना सामाजिक सञ्जालको भएको छ ।

कोही भाइरल भएका छन् त कोही राम्रो कारणले त कोही भाइरल भएका छन् नराम्रा कारणले । कसैले हत्या गरे भाइरल भएर त कसैले नाम कमाए भाइरल भएर । कसैको फोटो भाइरल । कसैको स्टाट्स भाइरल । कसैको स्वर भाइरल । कसैको रोल भाइरल । सवै भएकै छन् फेसवुक भाइरल । प्रविधिले मानिसलाई तोड्छ कि जोड्छ यो त अब २१औ शताव्दिको अन्तरालमा थाहा होला । प्रविधिले मानिसलाई जोड्छ भन्थे हो रहेछ जस्तो पनि लाग्छ किनकि विदेशमा भएका मानिस आज विदेश छैन जस्तो लाग्छ । भात खाइस् के गर्दैछस्, भात पकाउँदैछु, बजार जाँदैछु, गाडी कुदाउँदैछु यि सव जानकारी आज प्रविधिले जोडेर मानिस नजिक भएको छ । सामाजिक सञ्जालको विकासले यस्तो भएको छ । यसो सोच्छु प्रविधिले मानिसलाई राम्रो नै गरेको छ ।

तर फेरि घरमा हे¥यो प्रविधिले मानिसलाई तोडेको देख्छु । घरमा टीभी भए पनि टीभी कसैले हेर्दैन । रेडियो नदेख्ने जेनेरेसन भइसक्यो । १९औ शताव्दिमा रेडियोमा मान्छे बोल्दा अचम्म मान्ने हाम्रो जमाना, २०औं शताव्दिमा टीभीमा मान्छे देख्दा अचम्म मान्ने हाम्रो जमाना आज २१औं शताब्दिमा मानिस विश्वको कुनै कुनामा भए पनि हात–हातमा अटाएका छन् छिन् छिन्मा गफगरेका छन् । प्रविधिको विकासले मानिस जोेडिएका छन् तर, मानिस–मानिस आपसमा गफ छैन, सँगै बसेर केही गर्नु छैन सबै अलग–अलग भएका छन् न परिवारको दुःख थाह छ न परिवारमा सल्लाह छ न छ कुनै छलफल नै । सवै बाहिरी दुनियाँमा नै रमाउन खोजे जस्तो छन् । कोही कतै बसेका छन् कोही सोफामा लडेका छन्, कोही ओछ्यानमा ढलेका छन् सबै आ–आफ्नै दुनियामा रमाएका छन् । केही थरि सामजिक सञ्जालले मानिसलाई विगा¥यो भन्छन् भने केही थरी सामाजिक सञ्जाल नभए त बाच्नै गाह्रो हुने टिप्पणी गर्छन् । सामाजिक सञ्जाल आफैमा नराम्रो हैन तर यसलाई उपयोग कसरी गर्ने भन्ने आफूमा निर्भर रहन्छ भन्ने पनि यसै समाजमा छन् ।

सामाजिक सञ्जालले विकृति ल्यायो । केटाकेटी विग्रिए । ठूलै मान्छे पनि विग्रिए भन्ने समुदाय पनि छ । हरेक चिजको निर्माणसँगै दुई पाटा हुन्छन् राम्रो र नराम्रो । तीन बर्षदेखि ९० बर्ष सम्मका मानिस फेसवुक युट्युव लगायतका सामाजिक सञ्जालमा जोडिएको पाए । यो फेसवुकले गर्दा दिन काटन साह्रै सजिलो भएको छ । समाचार पनि यसैमा हे¥यो । गीत पनि यसैमा हे¥यो । छोराछोरी नातिनातिना आफन्त साथीभाइ इष्टमित्र सबैसंग यसैबाट गफ गर्छु उनीहरुले पनि मलाई बारम्वार फोन गर्छन् दिन बितेको त थाहै नहुने भएको छ भन्नुहुन्छ ८२ बर्षीया आमा । मेरो ममी पनि ६४ बर्षको हुनुहुन्छ दिउँसो बेलुका करिव दुई तीन घण्टा दैनिक फेसवुकमा रमाउनु हुन्छ । अनेक समाचार हामीलाई सुनाउनुहुन्छ । विभिन्न घटनाहरु थाह पाउनु हुन्छ । आफन्त संग फोनमा कुरा गर्नुहुन्छ ।

मलाई पनि ममीको दैनिकी हेर्दा फेसबुकले ममीको जीवनलाई सहज बनाएको छ । ज्ञान बढाएको छ । टाढाका आफन्तसँग नजिक बनाएको छ । टाढाका आफन्तसँग निरन्तर जोडेको छ । एउटै घरमा जन्मिएर हुर्किएका दाजुभाइ दिदीबहिनीहरु विवाह भएपछि आफ्नो घर व्यवहारमा पर्दा दिदीबहिनी, दाजुबहिनी, दाजुभाइ कयौबर्ष भेट नहँुदा आज यसै सामाजिक सञ्जालमा भेट भएर कयौ घण्टा दुःख पीडा बालापनका सम्झना गरेर भलाकुसारी गरेका छन् । दुःख–सुख साटासाट गरेका छन् । एकापसका परिवारमा चिनजान सम्वन्ध जोडेका छन् । हरेक दिन जसो आफू संग नभएका आफन्तलाई ममी सम्झनु हुन्छ कि उहाँहरुले ममीलाई सम्झनु हुन्छ । हाल खबरको अवस्था थाहा पाउनुहुन्छ । मेरो ममी छोरीलाई स्कुल पठाउनु हँुदैन भन्ने संस्कारबाट हुर्किनु भएको दाजुभाइ सबै पढेका ममीले स्कुलै नजानुभएको तर हामीसंगै पढेर लेख्न सक्नुहुन्छ । पढ्न सक्नुहुन्छ ।

ममीको इच्छा शक्तिले गर्दा ममीलाई हामीले पढायौं आज फेसबुकमा समेत ममी त्यस्ता समाचार पढ्ने गर्नु हुन्छ । टाढा बसोवास गर्ने आफन्त, परिवारलाई नजिक बनाएको छ । एउटै परिवारमा बसोवास गर्ने परिवार, सम्वन्धलाई टाढा बनाएको छ । कयौ मानिसको व्यवसाय यहि सामाजिक सञ्जाल भएको छ । यही सामाजिक सञ्जाललाई प्रयोग गरेर मानिस यहाँ लखपति, करोडपति भएका छन् । यो लकडाउनमा त झनै फेसवुकको प्रयोग बढेको छ । लकडाउन छ घरबाट बाहिर निक्लनु हुँदैन अन्य मानिससँग भेटघाट गर्न हँुदैन भने संगै झनै फेसवुक त सवैको अभिन्न अंग बनेको छ । अभिन्न साथी बनेको छ । एक्लोपनको साथी । दोक्लोपनको साथी । समय बिताउने साथी । साथीको साथी । टीभी होस् या रेडियो ।

समाचार , मनोरञ्जन, प्रत्यक्ष प्रशारण, फिल्म लगायत सम्पूर्ण सेवा यसैमा छ । विश्वको जानकारी । विश्वको सूचना । विश्वको हरेक गतिविधि यसैमा पाइन्छ । उपभोग जसरी गरिन्छ उपयोगी त्यसरी नै हुने हँुदा यि सामाजिक सञ्जालले हामीलाई भुलाएको छ । रमाएको छ । सिकाएको छ । चिनाएको छ । जोडाएको छ । छोराछोरीलाई हेर्दा लाग्छ बिगारेको छ । ममीलाई हेर्दालाग्छ बाँच्न सिकाएको छ । आफूलाई हेर्दा लाग्छ शिक्षा पाउने नयाँ माध्यम फेसवुक भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here