कचनकवलमा सांसद बसन्त बानियाँको पहलमा स्वास्थ्य सामाग्री बाँडियो

0
772

झापा,

झापामा कोरोनाको हटष्पट बनेको कचनकवल गाउँपालीकाको क्वारेन्टाईनमा सोहि क्षेत्रका प्रदेश सांसद बसन्त बानियाँको पहलमा बिभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको छ ।

कचनकवलमा कोरोना संक्रमितको दैनिक बढिरहेको र क्वारेन्टाईनमा बस्नेको संख्या पनि धेरै भएकोले क्वारेन्टाईनलाई व्यवस्थित बनाउन प्रदेश सांसद बानियाँको पहलमा बिभिन्न संघ संस्थाहरुको सहयोगमा पानि ट्यांकी सहित अन्य सामाग्रिहरु उपलब्ध गराईएको हो ।

गुड नेवर ईन्टरनेश्नल नेपाल र नारी कल्याण समाज झापाको सहयोगमा १ हजार लिटर क्षमताका ७ वटा पानी ट्याङ्की, ७ वटा इलेक्ट्रोनिक फिल्टर उपलब्ध गराईएको हो । त्यस्तै गरि सिस्नोपानि नेपालसंग आबद्ध सदस्यहरुको तर्पmबाट २५ थान पिपिइ, २५ थान हट वाटर जग, १ हजार थान सर्जिकल मास्क, झुल, सिरानी हाउस ग्लोब, फोहर फाल्ने डस्टिविन, साबुन, ३ हजार लिटर सेनिटाइजर, सेनिटाइजर राख्ने बोतल लगायतका सामग्रीहरु उपलब्ध गराईएको प्रदेश सांसद बानियाँले जानकारी दिनुभयो ।

ती सामाग्रीहरु कचनकवलको विभिन्न ६ वटा क्वारेन्टिनलाई व्यवस्थित बनाउन र क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुलाई सहयोग स्वरुप हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । ती सबै सामाग्रीहरु आज गाउँ पालिका कार्यलय तथा क्वारेन्टिन क्षेत्रमा पुगेर अवलोकन पछि हस्तान्तरण गरिएको सांसद बानियाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here