लकडाउनको बेला कर बुझाउ भन्नु अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठ: कांग्रेस

0
1216

काठमाडौं ।

लकडाउनका कारण मुलुकमा विद्यमान असहज परिस्थितिमा सरकारले तत्काल कर बुझाउन जारी गरेको सूचनालाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

नेपाली कांग्रेस संसदीय दलले बुधबार विहान विज्ञप्ती जारी गर्दै सरकारको सूचना गैरजिम्मेवारपनको पराकाष्ठ हो भनेको छ । ‘यस्तो विषम र असहज परिस्थितिमा पनि सरकारले लकडाउनको सयम भित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अस्वभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठ हो’, विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले सरकारसँग कर जारी गर्ने सूचना तत्काल सच्चाउन माग पनि गरेको छ ।

कोरोना रोगको कारण बन्द भएका साना देखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकहरुका लागि सरकारले विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसको विपरित करका लागि ताकेता गर्नु भनेको वर्तमान सरकार आम नेपाली नागरिकप्रति उदासीन रहेको प्रष्ट भएको, प्रमुख सचेतक बालकृष्ण खाँडद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here