विपद्को यो क्षणमा पनि सेवामा सक्रिय छ मारवाडी समुदाय

२३ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

 

 

विपद्को यो क्षणमा के गर्दै हुनुहुन्छ ?

मुलुकमा देखिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण अहिले मुलुक लकडाउनमा छ । यो बेला हामी सबैले लकडाउनलाई पालना गर्दै सरकारको आग्रहलाई मान्नु पर्ने हुन्छ । विश्वमा देखिएको महामारीबाट अब नेपाल अछुतो रहेन । नेपालमा पनि दुई हजार भन्दा बढी मानिस प्रभावित छन् भने १० जनाले ज्यान नै गुमाएको अबस्था छ । नेपालमा बढ्दो संक्रमणका कारण लकडाउनलाई पालना गर्नुको विकल्प पनि छैन । तसर्थ अहिले आफू कसरी सुरक्षित रहने र अरुलाई पनि कसरी सुरक्षित राख्ने भन्ने विषय नै अहिलेको प्रमुख प्राथमिकताको विषय हो । अहिले म लकडाउनको पूर्ण पालना गर्दै बसेको अवस्था हो । तथापि सामाजिक दूरी कायम गरी विभिन्न ठाउँमा रहेका मजदुर, निम्नबगीय मानिसका लागि जे जस्तो सकेको सहयोग गरिरहेको छु । यो अफ्ट्यारो अवस्थामा मुलुक गुज्रिरहेको बेला बेला खाद्यान्न अभाबले भोक भोकै भएका बिर्तामोड क्षेत्रका केही मानिसहरुलाई सकेको सहयोग गर्दैछु । त्यसका अलवा पुस्तक पढ्ने , परिवारसंग बसेर आफूभन्दा अग्रजसंग ज्ञानगुनका कुरा सिक्ने र नानीहरुलाई सिकाउने कार्यमा दिनचर्या बितरहेको छ ।

 

 

 

 

 

दिपक मित्तल – पूर्व अध्यक्ष, मारवाडी युवा मञ्च, बिर्तामोड

मारवाडी युवा मञ्च सामाजिक क्षेत्रमा क्रियाशील संस्था हो अहिले यो संस्थाले के गर्दै छ ?

म युवा मञ्चको पूर्ब अध्यक्ष हुँ । युवा मञ्चले पनि सहयोगी भूमिका निर्वाह गरिरहेकै छ । विश्वभरी कोविड– १९ को महामारी फैलिएको यो भिषम परिस्तिथिमा आम नागरिकलाई यस महावारी बिरुद्द अपनाउनुपर्ने नियम पालना गर्नलाई सचेतना गराइयो र निःशुल्क मास्क वितरणका कार्यक्रमहरु गरिएको छ । साथै बिर्तामोड नगरको विभिन्न ठाउँमा हात धुनका लागि पानीट्याङ्की तथा साबुनको व्यवस्थापन मारवाडी युवा मञ्च बिर्तामोडद्वारा गरएको छ ।

मारवाडीहरु आफैंमा सहयोगी र उदार हुन्छन् अझ विपद्धमा सबैतिर सहयोग गर्दै आएका पनि हुन्छन् । अहिले कोभिडका कारण मुलुक लक डाउनमा छ । यो अवस्थामा विपन्न परिवारमा सहयोग ग¥यो या गरेन मारवाडी युवा मञ्चले ?

हामीले जे जति सकेको गरिरहेकै छांै । म मारवाडी युवा मञ्चको साथै राउण्ड टेबल बिर्तामोडको पनि मेम्बर हुँ । मारवाडी युवा मञ्च मात्र होइन राउन्ड टेबल बिर्तामोडले समेंत यो लकडाउनका बेला बिपद्को यो अवस्थालाई मध्यनजर गर्दै कोरोनाबाट बच्नका लागि सकेको आवश्यकीय सामाग्री सहित राहत बितरन गरिरहेकै छौ ।

तपाई मारवाडी युवा मञ्चको पूर्व अध्यक्ष हुनुहुन्छ । यहाँले आफ्नो कार्यकालमा के – के काम गर्नुभयो ?

मेरो कार्यकालमा विभिन्न सामाजिक क्रियाकलापहरु भएका थिए । झापाको बरदाशी गाउँपालिकाको डाँगीवारीमा ५०० परिवारलाई निःशुल्क लत्ताकपडा वितरण गरिएको थियो । तराईमा बढेको गर्मीको समयमा प्रथम वर्ष देवी पथीभरा इन्दुस्त्री तथा द्वितीय वर्षमा डालमिया तथा मेगा कोम्प्लेस सहकार्यमा तीन महिनासम्म बिर्तामोडको दुर्गा मन्दिर प्रांङ्गण तथा मेगा कोम्प्लेक्सको प्रांगणमा निःशुल्क चिसो पिउने पानी वितरण गरिएको थिया । उक्त कार्यक्रममा २०,००० भन्दा बढी सर्वसाधारणहरुले राहत पाएका थिए । यसैगरी नेपालीहरुको महान चार्ड विजय दशमीको उपलक्ष्यमा अपाङ्ग बाल आश्रमका बालबालिकाहरुलाई उनीहरुको स्वेच्छाले बिर्तामोड बजार बाट लत्ता कपडा , जुत्ता , खेलकुद सामग्री इत्यादि किनमेल गरिएको थियो । मारवाडी समुदायको कला तथा संस्कृतिको संरक्षण तथा प्रवर्दनको उद्देश्यले नवरात्रीको अवसरमा डाण्डीया नाँचको आयोजना गरिएको थियो । बिर्तामोडस्थित परोपकार वद्ध आश्रममा खाद्यान्न सामग्री तथा फलफूल वितरण गरएको थियो ।

यसैगरी झापा जिल्ला कारागारमा पनि त्यहाँ रहेका कैदी बन्दीहरुको आवस्यकता अनुसार वाटर फिल्टर , हिट फोम, सेनिटेरि प्याड , डुस्ट्बिन इत्यादि वितरण गरिएको थियो । यसका साथै हिन्दूहरुको महान चाड होलीको उपलक्ष्यमा सम्पूर्ण मारवाडी समुदायलाई एकै साथ जोड्ने उद्देश्यले बलम पिचकारी कार्यक्रमको पनि आयोजना गरिएको थियो । यस्तै विभिन्न सामाजिक क्रियाकलापहरुमा मारवाडी युवा मञ्च सदैव अग्रसर रहदै आएको छ ।

अबका भावि योजना के छन् ?

बिर्तामोडमा रहेका सम्पूर्ण मारवाडी युवाहरुलाई एकजुट गरेर अगाडि बढ्दै जाने योजना छ । साथै आउँदो दिनहरुमा पनि विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय भई मारवाडी युवा मञ्चलाई थप उचाईमा पु¥र्याउने योजना रहेको छ । साथै मारवाडी भाषा , संस्कृति तथा पहिचानलाई पनि संरक्षण गर्ने विभिन्न कार्यक्रमहरु ल्याउने योजना रहेको छ ।

संस्थामा सबै मारवाडी युवालाई समेटिएको छ ?

अबश्य पनि । समेट्ने प्रयास गरेका छौ । जो सामाजिक भावना राखेर काम गर्न चाहनु हुन्छ र संस्थान हाक्न सक्ने ल्याकत राख्नु हुन्छ वहाँहरुका लागि युवा मञ्च सधै स्वागत गर्दछ । संस्थानमा बस्छु भनेर रहर मात्र गरेर केही हुन्न । काम गर्न जोस, जागर, मन , धन सबै भएका साथैहरुलाई नेतृत्व सधै लिन सक्ने वातावरण छ ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?

मारवाडी युवा मंच विशुद्ध सामाजिक संस्थान हो । यो संस्थानले मारवाडी युवाहरुलाइ सधैभरी हौसला प्रदान गरी समाजमा अगाडि बढाउने सदैव प्रयास गरिरहने छ । सम्पूर्ण मारवाडी युवाहरुलाई एकजुट हुन प्रेरित गरिरहने छ । संस्थानलाई सदैव मेरो साथ र सहयोग रहने छ । म अहिले राउन्ड टेबल बिर्तामोड २७ को पनि सदस्य हुँ । यो पनि विशुद्ध ब्यवसायी युवाहरुको सस्था हो । काम गर्न कुनै पनि सस्थाको अध्यक्ष नै हुनु पर्छ भन्ने जरुरी छैन । सस्थाका हरेक सदस्यको विशेष भूमिका रहन्छ । हाम्रो राउन्ड टेबल बिर्तामोडका सबै सदस्य साथीहरु जुझारु हुनुहुन्छ । कुनै पनि सामाजिक काम गर्नका निमित्त सम्पूर्ण सदस्यहरुको एकता दर्बिलो छ । भोलिका दिनमा बिर्तामोड क्षेत्रमा आइपर्ने हरेक समस्यामा जुध्नका निम्ति एउटा माहोल उत्पन्न गर्ने क्षमता भएका युवाहरु छन । बिर्तामोडमा र बिर्तामोडलाई बिकास र समृद्धिको बाटोमा लानका लागि हाम्रो साथ समर्थन सदा रहनेछ ।

र अन्त्यमा मलाई यसरी आफ्ना कुराहरु राख्न अवसर दिनुहुने तपाई र तपाइको सिङ्गो टिम प्रति आभारी छु । युवालाई उत्साही बनाउन सञ्चार क्षेत्रको पनि बिशेष भूमिका रहन्छ । तसर्थ पूर्वाञ्चल दैनिक पत्रिका आफैंमा लोकप्रिय छ । अझ यसको उचाई चुलियोस् शुभकामना ।

इपेपर यहाँबाट हेर्नुहोस् ।

https://purwanchaldaily.com/wp-content/uploads/2019/06/23-jestha.pdf

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here