ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

0
933

उदयपुर।

उदयपुरको बेलका नगरपालिका–८ सेतिखोलामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

आज बिहान पौने १० बजेको समयमा भिमफेदीबाट सेतिखोला तर्फ जाँदै गरेको को २ त ९१५२ नम्बरको ट्याक्टर सेतिखोला पुल छेउमा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार रहेका बेलका नगरपालिका-८ का ३१ बर्षीय ईन्द्र बहादुर राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here