हाँसपोखरी अलैची ब्लक कार्यक्रमलाइ सामाग्री हस्तान्तरण

0
2222

गणेश अर्याल / इलाम,

इलामको रोङ गाउपालिका ३ कोल्बुङमा अलैचीको ब्लक कार्यक्रम सञ्चालनमा रहेको छ । सञ्चालित क्लक कार्यक्रमको लागि चालु आर्थिक बर्षमा ५० लाख बराबरको काम भइरहेको छ ।

कार्यक्रम अनुसार समुहका सदस्यहरुलाइ बिभिन्न प्रकारका कृषि सामाग्रीहरु बितरण गरिएको छ । सुक्रबार कोल्बुङमा आयोजित सक्षिप्त कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, कृषि ज्ञान केन्द्र इलामका प्रमुख सालिग्राम भट्टराई, तत्कालिन जिल्ला बिकास समिति इलामका सदस्य खिलबहादुर गुरुङ ब्लक कार्यक्रमका अध्यक्ष राजकुमार शुब्बा लगायतले ती सामाग्रीहरु किसानलाइ बितरण गरेका छन् ।

सामाग्रीहस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जिल्ला समन्वय समिति इलामका सदस्य गणेश बरालले अलैचीको खेतीले बातावरण सन्तुलनको कायममा सहयोग पुग्न साथै आर्थिक आम्दानी गर्न सकिने बताए । बातावरण दिवस समेतको अवसरमा किसानहरुले अलैचीको माध्यमबाट जिवन स्तर उकास्न सहयोग पुग्ने अपेक्षा गरेका छन् ।

त्यसैगरी कृषि ज्ञान केन्द्र इलामका प्रमुख सालिग्राम भट्टराईले ब्लक कार्यक्रम सञ्चालन गरी फरफारकको लागिआवस्यक पर्ने कागजपत्रहरुको बारेमा जानकारी गराएका थिए । सहकार्य गरेर उत्पादित बस्तु बजारमा सामुहिक रुपमा पु¥याउन सकिनेमा जोड दिए ।

रोङ गाउपालिका ३ कोल्बुङमा रहेको हासपोखरी अलैची उत्पादक सहकारी सस्थाले प्रबर्धन गरी अलैची ब्लक कार्यक्रम सञ्चालन भएको हो । सहकारीमा ७२ जना सदस्य रहेका छन् । यस बर्ष यो कार्यक्रम अन्तरगत ३ हजार रोपनी क्षेत्रफलमा अलैचीको खेती भइरहेको सस्थाका ब्यवस्थापक नबिन कट्टेलले बताए ।

किसानहरुलाइ सिचाइको लागि पाइप स्प्रीङकल, किसानलाइ पानी झरीमा लगाउने गमबुट, रेनकोर्ट, औषधि स्प्रे गर्ने मेशिन अलैची टिप्दा प्रयोग हुने क्यारेट, क्षेत्र बिस्तारको लागि अलैचीको बिरुवा, अलैची सुकाउने सुधारिएको भट्टी, लगायतको सामग्री हस्तान्तरण गरिएको थियो ।

इलाम जिल्लामा ११ वटा क्लक कायक्रम सञ्चालन भएकोमा चालु आर्थिक बर्षमा २ वटाले कार्यक्रम सञ्चालनका लागि सम्झौता नगरेकाले ९ वटा ब्लक कार्यक्रम सञ्चालनमा रहेको छ । ९ वटा ब्लक कार्यक्रमको सामाग्री हस्तान्तरण रोङ गाउपालिका बाट सुरु गरिएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here