मोरङ।
सुनसरी बर्जु १४ का ४० बर्षीय मनोजकुमार माझीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ ।
गयराती मोरङ बुढिगंगा गोकुवा चोक राजमार्गमा को२ च २८८२ नम्बरको ऐम्बुलेन्सले साईकल यात्री माझीलाई ठक्कर दिदा गम्भीर घाईते भएकोमा बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा उनको राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक–प्रेम राजबंशी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।