पीसीआर ल्याब निर्माणका लागि निर्माण व्यवसायी संघ झापाले दियो एक लाख एक हजार

0
1144

बिर्तामोड।

निर्माण व्यवसायी संघ झापाले कोरोना परीक्षण प्रयोगशाला (पीसीआर ल्याब) निर्माणका लागि एक लाख एक हजार रुपैयाँ प्रदान गरेको छ ।

संघले आज बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच पीसीआर ल्याब सञ्चालनका लागि ‘एकका लागि एक अभियान’लाई एक लाख एक हजार रुपैयाँ प्रदान गरेको हो ।

संघका अध्यक्ष मिलन बस्नेतले झापामा पीसीआर ल्याबको आवश्यकता टड्कारो रुपमा देखिएकाले त्यसका लागि संघको तर्फबाट सहयोग गरेको बताए । ‘पीसीआर ल्याबका लागि केही व्यवसायी साथीहरुले सहयोग गर्नुभएको छ’, उहाँले भन्नुभयो ।

मोरङको कोशी अञ्चल अस्पताल र सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना गरिएको पीसीआर ल्याबबाट प्रदेश १ मा कोरोना परीक्षण हुँदै आएको छ । जसका कारण रिपोर्ट आउन एक साताभन्दा बढी समय पर्खनुपर्ने बाध्यता छ । झापामै कोरोना परीक्षण प्रयोगशाला सञ्चालनमा आए कोरोना नियन्त्रणमा सहजता आउने अध्यक्ष बस्नेतको भनाइ छ ।

कार्यक्रममा अध्यक्ष बस्नेतले बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्षा कुमार भट्टराई, विरता जेसीज सन् २०२० का अध्यक्ष मिजास पोखरेल लगायतलाई चेक हस्तान्तरण गरेका थिए । चेक ग्रहण गर्दै अध्यक्ष भट्टराईले निर्माण व्यवसायी संघ झापाप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले झापामै पीसीआर ल्याब सञ्चालन गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here