सहारा नेपालका सिईओ महेन्द्र गिरीलाई पितृशोक

0
1027

झापा ।

सामाजिक अभियन्ता तथा सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीलाई पितृशोक परेको छ ।

उहाँका ८९ वर्षीय बुवा बमबहादुर गिरीको शनिबार अपराह्न ५ बजे निधन भएको हो ।

बिर्तामोड २ स्थित चारपाने चौकमा निजी निवासमा निधन भएको सामाजिक अभियन्ता गिरीले बताए ।कुनै दीर्घ रोग नभएका बुवालाई निमोनिया भएको बताइएको छ ।

उहाँको पार्थीव शरीरलाई आज नै कोटीहोमस्थित कनकाई माइ खाेलामा अन्त्येष्टि गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here